मोरङको कानेपोखरीबाट २६ जना कोरोना भाइरस मुक्त

0 0


नेपालदृष्टि । मोरङको कानेपोखरी गाउ पालिका स्थित जन सेवा माबि को अस्थाई क्वारेन्टाइन बाट आज २६ जना बिदाई भएका छन । बैदेशिक रोजगारीका शिलशिलामा मलेशिया , दुबई ,भारत लगायतका देश बाट आएर क्वारेन्टाइनमा बसेका मध्ये आज २६ जना बिदाई गरिएको हो । क्वारेन्टाइनमा बस्दै आएका २ महिला र एक बालक सहित २६ जनाको पि सि आर रिपोर्ट नेगेटिभ आए पछि उनी हरु लाई घर पठाईएको कुरा कानेपोखरीका जन स्वास्थ प्रमुख रोईन्द्र राजभण्डारी ले बताउनु भयो । अहिले १५ जना उक्त क्वारेन्टाइनमा बसिरहेका छन ।