नेताको किचलोमा पार्टीनै अस्थीरता हुँने डर

बालकृष्ण ढकाल 

२०७७ श्रावण १५, विहिबार

1 0


                            
नेपालदृष्टि । झापा आन्दोलन हुँदै २०३५ सालमा माले स्थापना भइ २०४६ सालको जन आन्दोलनपछि मार्क्सबादी र माले बिच एकीकरण भएर एमाले बन्यो भने, अर्को तर्फ त्यही समयमा केन्द्रिय न्युकिल्यस चौथो महाधिवेशन हुदै एकता केन्द्र माओबादी, माओवादी केन्द्र बन्यो। यसको करिब ५० औ बर्षको बिरासत छ। ससस्त्र, जनसङ्घर्ष  दुबैको अनुभव कम्युनिस्ट पार्टीमा छ। दुबै पार्टी शान्ति पुर्ण संघर्षबाट बैचारिक राजनैतिक श्रेष्ठता हासिल गर्ने भनेर एउटै ठाउँमा आउन सफल भए र सोही अनुरुप पार्टीका शिर्ष नेताहरु बिच चुनाबी तालमेल र एउटै साझा घोषणा पत्र लिएर जनताको बिच चुनाबमा जाने सगै पार्टी एकता पनि गर्ने घोषणा गरिरहदा जनताहरुको मन खुसीले गदगद भयो। झन आगामी प्रधानमन्त्री केपि शर्मा ओली भनेर केपि को पोस्टर देशभरिनै पार्टीले चुनाबमा घोषणा गरेर हामीलाई  दुई तिहाइ मत दिनुहोस।

हामी तपाइहरुलाइ शान्ति , स्थिरता र समृधी सहितको ग्यारेन्टी गर्छौ भनेर मत माग्यौ। मतदाताले त्यही गरेर आज झन्डै दुइतिहाइ नजिकको प्रचण्ड बहुमतले नेपाली जनताले जिताएको सबैले स्मरण गर्न पर्छ की पर्दैन ? जनतालाई  गुम्राहामा राखेर पदको लागि आम मतदाताको उपहास गर्ने अधिकार कम्युनिस्ट पार्टीका नेतालाई  छैन। यो मतदाता र आम पार्टी कार्यकर्ताको अपमान बाहेक केहि होइन।

     हामीले ठुलो बलिदानीपछि प्राप्त गरेको राजनैतिक उपलब्धिको रक्षा स्वयम रक्षकद्वारा नै हनन गर्ने काम किन्चित स्वाभिमानी कम्युनिस्ट कार्यकर्तालाई पाच्य हुन्न। यो ढंगले पार्टीमा टाउको गनेर बहुमतको आधारमा बिना कारण कसैले कसैलाई  पदकै खातिर निर्णय गरि एकले अर्कोलाई  निशेध र कार्बाही गर्न लाग्नु र त्यसले ल्याउने परिणाम बाट उत्पन्न हुने विषय प्रती गम्भीर हुन जरुरी छ। 

आबेगमा र क्षणिक स्वार्थमा बहकिएर यो गम्भीर समस्या निम्त्याएर मुलुकलाई गतिहिन अवस्थामा फेलिएर कम्युनिस्ट सत्ता भन्ने कलन्कको दाग नलागोस भन्ने हो। र हिजो महेन्द्रले बारम्बार सुरुदेखिनै राजनैतिक पार्टी  पार्टीगत आदर्श  र ब्यक्तिहरुलाई  खुइलाउने बद्नस्म गराउने षड्यन्त्र गर्ने गरिरहन्थ्यो। कुनै  पनि  पार्टी  पार्टी आदर्श अनुरुप स्थिर सरकार बन्न दिइएन। ब्याक्तीलाई सरकार चलाउन सकेनौ। रास्ट्रीय एकता र दिगो बिकाश गर्न सकेनौ। रास्टीय हित अनुकुल भएन। रास्स्ट्रीय सहमती पुराभएन। रास्ट्रीय सहमतिमा ब्यबधान उत्त्पन्न गर्यो। आदिआदी आरोप लगाउदै षड्यन्त्र मा लागेर ६र६ महिनामा हरेक पार्टीलाई र मन्त्रीमन्डललाई  जनताको अगाडि पखाल्ने र बदनाम गराएर पार्टीलाई खुइलौने काममा बदनियत पुर्बक काम महेन्द्रले गर्थे ।

आज संघीय लोकतान्त्रिक गणतन्त्र का हिमायतीहरुबाट  जनताको नजरमा स्थापित रास्ट्रबादी सत्तिसाल प्रमलाई खुइलाउने बदनाम गराउने र कामैनलाग्ने भनेर आरोप लगाउन उद्दत देखिएकाछन। नव महेन्द्र र जङ्गेहरु। अहिले त्यसैको पुनराबृती गर्न खोजिरहेका छन। यो अत्यन्तै दुखद अत्यन्तै शड्ढा र आपतिजनक छ। यहि कुरा बुझेर अहिले कमरेड बामदेब गौतमले ल्याउनुभएको प्रस्ताब सहि र गतिरोध अन्त्यको रामबाण बुटि हो। सबैले त्यही धारण गर्नु श्रेय हुनेछ।

   हामी कार्यकर्ताहरु कसैका वारिस होइनौ। सत्य र साचो व्यवहार गर्छौ। जालझेल षड्यन्त्रको पर्दाफास गर्नुपर्छ। यो अहिले जे भैरहेकोछ त्यो पार्टी हित बिपरित छ। बृहत पार्टी एकताको भावना एबम सचिबालयको निर्णय र हिजोको एकताको दस्ताबेजको उल्लंघन मात्र होइन। पार्टी कार्यकर्तालाई गुम्राहमा राखेर नेकपाको नाममा हिजोको पुर्ब एमाले पुर्ब माओबादीमा बिलिन बनाएर पार्टी अध्यक्ष प्रधानमन्त्री पार्टीको मार्गदर्शन  सिद्धान्तको रुपमा रहेको जनताको बहुदलिय जनबाद को बिसर्जन गराउन प्रचण्ड उद्दत छन।

केशरजंगको रुपमा बरिस्ठ काम्रेड हरु लागेर ७० बर्ष को बिरासत छद्मभेषिहरुलाई  चढाउन बाट रोक्नुपर्ने छ। यो घडिमा रोक्न सकिएन भने रास्ट्रघाती र जनघाती निर्णय हुने प्राय निश्चिति छ। थाप्लोमा हात राखेर पछुताएर केहिहुन्न। हामी नराम्ररी ललिपपमा लोभिएर लुटीयौ। लुटाउने पनि हामीभित्रै छ। यो मदनको अन्त्य भैसकेपछी पार्टीमा अनुशासनको कमि , स्कुलिङ बन्दगर्नु र सुन्डेमुन्डे कुन्डले हाबी गरि निस्ठावान कार्यकर्ता को अबमुल्यन को उपज हो। अब पुर्ब एमालेले राजनैतिक समिक्षा सहित पार्टी पुनर्गठन गर्नुपर्छ। कार्यकर्ता निसासिएर बस्ने अबस्थामा छैनन । यो बुझ्न जरुरी छ।   

   हामी जे थियौ त्यही रहनदेउ। चाहिदैन हामीलाई  गगनचुम्मी महलको बसाइ, यहि झुपडी हाम्रो लागी स्वर्गछ। चाहिदैन एकता हामीलाई  हाम्रो अहिलेसम्मको कमाइ तिमीहरुलाई  दिएर लुटिनु भन्दा लाजछोप्ने लगौटिमै रमाउछौ। चाहिदैन हामीलाई  बनारसी धोती कुर्थी ।

हिजो सानू राजा मासेर सङ्घीय लोकतान्त्रिक गणतन्त्र ल्यायौ। आज त्यही ठुलो जङ्गे राजालाई  झोला झम्टा बेडिङ बिस्तरा दिएर पाटिको बास बस्न जानुपर्ने बेला आयो। ती हिजोका चिनियाँ काजी, फडिन्द्र तिम्सिना, रत्नकुमार बान्तवा, नेत्र घिमिरे, बिरेन चौधरी, रामनाथ दाहाल, नारायण श्रेष्ठ जस्ता सहिदको मुल्यलाई  कौडिको पदमोलाइमा बिक्री गर्न कम्मर कसेर लाग्यौ आजका नेताहरु। यो पार्टी एकता को गुलियो लालमोहन खुवाएर आफुत बिक्रि भयौ भयौ हामीलाई  पनि बेच्ने  आट गर्यौ। तिमीहरुलाई  कहिल्यै शान्ति  मिल्ने छैन।

लाटारम्म फलेको फलमा ढुङ्गा हान्ने र झारे भन्दै उफ्रने हरु । माफी लाएक छैनौ तिम्रो धन्दुकारी चरित्र बोकेका जल्लदहरु।जस्ले हिजो तिमीहरुलाई  तलामा लुकाएर  चुठुवामा तिम्रो मलमुत्र बोकेर फ्याल्ने अनि ती भाडाका टट्टू हरुसग बिना हतियार लडेर आफू मरेर तिमीहरुलाई  बचाउनेहरुलाइ बिर्सियौ। धिक्कर छ तिमीहरु त्यहिपद कुर्सीको वरिपरि यतिगिरेर झुत्ती खेल्नेरहेछौ। किन यति धेरैयुद्धको नाममा मार्यौ रु आफ्ना छोराछोरी जस्ता भबिस्य बोकेका ती  कलिला अबोध अनुहारहरुलाई १ आखिर यहि थियो तिमीहरुको सपना अनि ती बाडेका बिस्वासहरु, राजगद्दी को मोहहुनेले सिधासादा जनतालाई दिग्दभ्रमित पारेर किन लुट्यौरु सादु बिरालोको भेषमा आएका ब्वासाहरु।

   हामी जे थियौ त्यही रहनदेउ। चाहिदैन हामीलाई  गगनचुम्मी महलको बसाइ, यहि झुपडी हाम्रो लागी स्वर्गछ। चाहिदैन एकता हामीलाई  हाम्रो अहिलेसम्मको कमाइ तिमीहरुलाई  दिएर लुटिनु भन्दा लाजछोप्ने लगौटिमै रमाउछौ। चाहिदैन हामीलाई  बनारसी धोती कुर्थी ।

यहि देशको स्वाधिनताको लडाइमा हाम्रो रगत साट्नेछौ। त्यहिसत्रुसग मितेरी लगाइ हामी अपमानित लज्जाको मुकुन्डो लाउदैनौ। बरु गिट्ठा भ्याकुल खान्छौ। यहिरमाउछौ। तर कमरेड मदनको मार्गदर्शकको रुपमा रहेको जनताको बहुदलीय जनबाद सत्रुको सामु कुल्चन दिदैनौ। उनीहरुलाई  जतिप्यारो लाग्छ। प्रचण्ड पथ त्यस्को २०औ गुना प्यारो छ हामीलाई  । जतिबेला सोभियत संघ बिगठन हुदा रक्षात्मक अबस्थामा रहेको कम्युनिस्टहरुलाई  मार्गदर्शन दिई संरक्षण गरेको दस्ताबेजलाई । अनि माया छ बिषम परिस्थितिमा जोगाएर राखेको पार्टी आज एकाएक अरु एक्काइसौं शताब्दिको जनबाद एबम प्रचण्डपथ लाई सुम्पनुभन्दा बरु सानुहोस तर क्रीम होस। त्यही हाम्रोलागी प्रिय छ।

    हामी चुपचाप रहेर पार्टी एकताको खातिर सबकासब सहेर नेतृत्वलाई बिस्वास गरेर धैर्यता गुम्न दिएनौ। अहिले डेट एक्स्पाएर भएको औसधि झै बिचारलाइ एक्स्पाएर गर्न कमरकसेर माथिदेखी तलसम्म एउटै कोकोहोलो मच्चाउछन। कहाँ छ एकतारु कहाछ नेकपारु छ त केबल पुर्ब माओवादी चिन्तन। हरेक ठाउमा उनिहरु ले नै नेतृत्व लिनुपर्ने हरेक वाडा सम्म ४ थान मान्छे छैन अध्यक्ष उनै हुनुपर्ने।

यो युद्ध कालिन धङधङी बाट कहिले आफुलाइ रुपान्तरण गर्नसक्छन। र एकता एकताको लागि बलियो आधार तय गर्छन। यो हिस्रक मानसिकता हो। शान्तीपुर्ण नेपाललाइ युगान्डा बनाउदै छन। पार्टी भित्र अराजक प्रवृत्ति गराएर नेकपा धस्त गर्न उद्दत छन। हामीले बेलैमा यो प्रवृत्तिबाट पार्टीलाई जोगाउनु र असल कार्यकर्ता बचाइ रेस्क्यु गर्न ढिला गर्नुहुन्न।

   अब सतिजानेहरु सति गएहुन्छ। माओबादीहरु माधब कमरेड र जे एन कमरेड को टाउकोमा टेकेर पुर्ब एमालेमा हान्दैछन। माधब कमरेड र जे एन कमरेड ले टाउको थामेर प्रमुख दुश्मन झै ठानेर आफ्नै लामो इतिहास को अन्त्य गर्दैछन। यो दृश्यले हामी असल कार्यकर्ता लाई नराम्ररी चिमोटेको छ। उ छेउमै बसेर ङ्गिच्च हासिरहेको छ। अनि भनिरहेको छ। खुब भेटिस होइनत। हामिलाइ खाने बाघले तिमिलाइ पनि छोड्ने छैन। एकछिनको मुतको न्यानु होला तर परन्तु त्यो निन्द्रा खुलेपछी चिसै हुन्छ। अब अर्को उपाए छैन। त्यसैले कि मर या गर।

एउटा निर्णयले सधाको लागि बाटो क्लियर गरेर अगाडि बढ। होइन भने समयको माग जनचाहना  र कार्यकर्ताको भवना पुर्बाग्रही छैन। माथिदेखी तल सम्म एमाले देखि माओवादी सम्म एउटै स्वर एउटै आवाज को माओवादी को एमाले नछुट्टिने गरि स्कुलिङ चलाउ। महाधिवेशन सम्म नेतृत्व तलमाथि होइन।

त्यस्पछि सहमतिको वा बहुमतको महाधिवेशन गरौ। जुनबिचार आउँछ जुन कर्यनिती पासहुन्छ त्यही हामी मान्न तयार छौ। तर माथिभनेझै सोचेको हो भने फलामे चियुरा साबित हुनेछ। अहिले जुन ढङ्गले प्रधानमन्त्री को बिरुद्ध जसरी तत्काल छिटो छिटो गर्न खोजिदैछ त्यो हाम्रो शंका होइन। हकिकत हो। अब पार्टी एक बनाउने हो भने छिटो महाधिवेशन को माग गरौ। समाधान त्यही निस्कन्छ।

सबैको जयहोस  ।।