“वाईवाई चाउचाउ” अव १०० ग्राममा पनि उपलब्ध

1 0


नेपालदष्टि । चौधरी ग्रुपले उत्पादन गर्दै आएको “वाईवाई चाउचाउ” अव १०० ग्राममा पनि उपलब्ध भएको छ । अन्तर्राष्ट्रिय रुपमा पनि ख्याती प्राप्त “वाईवाई चाउचाउ” नेपाल सहित बाह्य बिभिन्न मुलुकमा समेत लोकप्रीयता एवं चर्चित रहदै आएको छ ।  
चौधरी ग्रुपले उपभोक्ताहरूको माग र बिश्वासका आधारमा वाईवाई चाउचाउलाई १०० ग्राम तौलमा उत्पादन गरी  विक्री वितरण शुरु गरिसकेको जनाएको छ । चाउचाउको तौल ४२ प्रतिशतले वृद्धि हुँदा यसको खुद्रा मूल्य २५ प्रतिशत मात्रै बढाएर  २५ रुपैयाँ बनाइएको उल्लेख छ ।

चौधरी समूहको देश र विदेशमा गरी २० वटा प्लान्ट सञ्चालनमा रहेको छ ।

जसका कारण चाउचाउको समग्रमा मूल्य बढेको नभई केही घटेको जनाईएको छ । त्यसका साथै ७० ग्रामको नियमित उत्पादन पनि भइरहेको र मूल्य २० रुपैयाँ नै कायम गरिएको छ । यसरी विभिन्न तौलमा चाउचाउ उत्पादन हुँदा उपभोक्तालाई छनोटको अवसर मिल्ने कम्पनीको दाबी छ ।

यसैगरी ६५ ग्रामका वाईवाई क्विक भेज र वाईवाई पिज्जाको तौल पनि ७५ ग्राम बनाइएको छ । यसको खुद्रा मूल्य १८ रहेकोमा २ रुपैया बढाएर २० रुपैया कायम गरिएको जनाएको छ । चौधरी समूहको देश र विदेशमा गरी २० वटा प्लान्ट सञ्चालनमा रहेको छ ।