“हाम्रो माग मात्रै राष्ट्रियताको लागि हो” युवा नेता घिमिरे

1 0


राप्रपा संवैधानिक राजतन्त्र, हिन्दूराष्ट्र, अखण्ड नेपालको माग लिएर नेपाली राजनीतिमा क्रियाशिल छ

नेपालदृष्टि । राजनीतिक बिसंगति र नेताहरु प्रतिको बितृष्णले गर्दा राजसंस्थाप्रति झन जनतामा आस्था र विश्वास बढ्दै गएको देखिन्छ। राप्रपा मोरंग २ का क्षेत्रिय अध्यक्ष टेकनाथ घिमिरेले भन्नु भयो । राप्रपाले आगामी फागुनबाट हिन्दु राष्ट्र निर्माणलाई प्रमुख मुद्दा बनाएर संघर्ष शुरु गर्ने र जन संघर्ष राजसंस्थाको पुर्नस्थापना, संघीयता खारेजी, भ्रष्टाचार नियन्त्रण, सुशासनका लागि यो आन्दोलन आवश्यक छ उहाँले पुन बताउँनु भयो । जन संघर्षलाई बेवास्ता गरे  पक्कै पनि त्यसको परिणाम राम्रो नहुन पनि सक्छ उहाँको मनसाय रहेको छ । 
      राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दू राष्ट्र पुनर्स्थापनाको माग गर्दै फागुन दोस्रो साताबाट आन्दोलन सुरु गर्ने भएको छ । सो आन्दोलन सरकारविरुद्ध नभई मुलुकको राष्ट्रिय एकता र पहिचानलाई सुदृढ बनाउन रहेको छ । 

मुलुकमा भैराखेका आन्दोलनमा सनातन धर्ममा विश्वास राख्ने सबै राजनीतिक दल, धार्मिक संघ, संस्था तथा आम नेपाली जनताहरु सहभागी भई हिन्दु राष्टलाई बचाउँनु आवश्वक रहेको कुरा घिमिरेको रहेको छ । 
         

 राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकको राष्ट्रिय पहिचानका लागि हिन्दू राष्ट्र पुनर्स्थापना हुनुपर्ने माग गर्दै आएको छ, यो कुरा हामी सबैमा बिदितै छ ।

      अझ मुलुकको स्वाभिमान र राष्ट्रिय पहिचान तथा राष्ट्रिय एकताका लागि पनि हिन्दू राष्ट्र र राजसंस्था पुनर्स्थापना गर्नुको विकल्प नरहेको उहाँको भनाई रहेको छ । अहिले राजा मोठ मन्दिर तथा धार्मिक स्थलको भ्रमणलाई राजनीतिमा सक्रिय हुदै आएको भनेर केहि ब्यक्तिले जनमानसमा भ्रमित पारेको पनि उहाँको भनाई रहेको छ ।

 

अध्यक्ष टेकनाथ घिमिरे

– राष्टिय प्रजातन्त्रपट्टिको बिद्यार्थि संगठनबाट २०४८ सालदेखि सक्रिए रहदै आएका युवा नेता टेकनाथ घिमिरे २०५० सालमा राष्टिय प्रजातान्त्रिक बिद्यार्थि संगठनको मोरङ्ग क्षेत्र नम्बर २ का सचिव भएका थिए । त्यस पछि उनि २०५४ सालमा जनता आदर्श वहुमुखि क्याम्पसमा स्ववियू सहसचिवको उमेद्धार पनि भएका थिए । त्यस्तै २०६६ सालमा युवा संगठनको क्षेत्रिय कोषाध्यक्ष पनि भए । २०६८ सालमा राप्रपाको क्षेत्रिय सचिवबाट आफ्नो राजनीति जीवनलाई फराकिलो बनाउँदै २०७१ सालमा मोरंग क्षेत्र नं।२ राप्रपाको अध्यक्षताको रुपमा काम गर्दै आएके युवा नेता टेकनाथ घिमिरे अहिलेका सक्रिय राजनीतिक ब्यत्तित्व हुन ।  

 

नेपालदृष्टि टिभि च्यानलका सम्पादक सोम सानुले तयार पारेको घिमिरेसँगको कुराकानीको भिडियो