अबैधरुपमा भित्रिएको १५ केजी सुन नक्कली भएको पुष्टि

0 0


नेपालदृष्टि । काठमाडौंको कमलादीबाट बरामद गरेको १५ किलो ‘सुन’ नक्कली रहेको बताइएको छ । प्रहरीले बरामद गरेको १५ किलो सुन परीक्षणका क्रममा एक पिस बाहेक अरु सबै नक्कली भएको बताइएको छ । सो एक पिसमा कति सुन रहेको भन्ने बारेमा केही बताइएको छैन।

प्रहरी टोलीले पिछा गर्ने क्रममा सुन र दुई थान पेस्तोल छाडेर भागेको महानगरीय प्रहरी परिसर, काठमाडौंको टोली स्रोतले बताएको छ । विस्तृत विवरण केहिबेरमा सार्वजनिक गर्न लागेको प्रहरीले जनाएको छ।