कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या थप एक सहित ४८ 

0 0


 नोपलदृष्टि। नेपालमा कोरोना भाइरस ९कोभिड–१९० बाट मृत्यु हुनेको संख्या थप एक जना सहित ४८ पुगेको छ । बाराको फेटा गाउँपालिका वडा नं.३ का ६० वर्षीय पुरुषको सोमबार त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा मृत्यु भएको छ । उनी निमोनिया, मिर्गौला र मस्‍तिष्कघातसम्बन्धी रोगका विरामी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म १८ हजार ७५२ जना संक्रमित भएका छन् । उनीहरुमध्ये १३ हजार ७५४ जना निको भएका छन् ।