कता गयो कम्युनिष्टको औद्योगिक क्रान्ति ?

बालकृष्ण ढकाल 

2 0


नेपालदृष्टि । २००६ सालमा स्थपना भएको पार्टी ले पछौटे पन अन्त्यगर्दै देशमा औद्योगिक क्रान्ति गर्ने लक्ष्य लिएको थियो । २०२८ साल वरिपरि को अर्डिनेशन केन्द्र बन्यो।झापा आन्दोलन हुँदै २०३५ सालमा माले हुँदै २०४६ सालको जन आन्दोलन पछि पुर्ब मार्क्स बादी र माले बिच एकीकरण भइ एमाले बन्यो भने। अर्को तर्फ त्यही समयमा केन्द्रिय न्युकिल्यस चौथो महाधिवेशन हुदै एकता केन्द्र माओबादी माओवादी केन्द्र बन्यो। यस्को करिब ५० औ बर्ष को बिरासत छ। ससस्त्र जनसङर्स दुबैको अनुभव कम्युनिस्ट पार्टीमा छ ।

दुबै पार्टी शान्तिपुर्ण संर्घषबाट बैचारिक राजनैतिक श्रेष्ठता हासिल गर्ने भनेर एउटै ठाउँमा आएर एकता भएको पनि धेरै भएको छैन होइन। कमिटी नै बनी नस्क्दै नेतृत्वमा कटाक्ष्य हुनु र केहिलाइ हातमा लिएर सत्ता कब्जा गर्न खोज्नु प्रकृया र विधि सगै पार्टी एकताको स्प्रीट बिपरित छ।

बिगत लामो समय देखि विधि र प्रक्रियाको रटान लगाएर नेपाल कम्युनिस्ट पार्टी नेकपा भित्र जतिनै रस्साकस्सी गरेपनी अन्ततः बरियता र पदकोलडाइ नै प्रमुख कारण हो। अरु केही होइन। मङ्सिर मा महाधिबेशन गर्ने निर्णय मा दुई अध्यक्ष बिच मद्यमार्गी बाटो अबलम्बन गरि सड्ढट टार्ने उपायमा सहमति हुदैगर्दा अर्को पक्ष क. माधब क. जे एन. क. नारायण काजी क.बामदेब क. भिम रावल , क.बेदुराम, क.घनश्याम , क.भिम आचार्य लगायतका नेता हरुले एउटै बटम लाइनको स्विच दबाइ प्रधानमन्त्री र पार्टी अध्यक्ष समेत बाट हाटाइ आफ्नु अनुकुल सरकार र पार्टी कब्जामा लिन खोज्नु कत्तिको सान्दर्भिक होला ?

आफ्नु पहुचको भरमा बेथिति गर्न लगाएर हिजो पार्टी मा सुन्डमुन्ड कुन्डलेको राज कस्बाट भयो ? समिक्षा गर्नुपर्छ कि पर्दैन ? बेथिति रोक्नुपर्छ भनेर पार्टी मा छलफल गर्ने कोशिश गर्नुभयो ? हिजो पार्टीमा टिकट खरिद बिक्रि गर्ने र पार्टी लाई हराउन लाग्नेलाइ कार्बाही गर्नुपर्छ भनेर कार्बाही गर्ने पटि कोहि लाग्नुभयो ? के यो सब केपि मात्रैले जिम्मेवारी लिने र अरुले नलिने हुन्छ। 

हामी कार्यकर्ता कसैका गुटका गोटि होइन। जहाँ जस्लाइ मन पर्यो उसैको अन्धभक्त भइदिने। हामी कम्युनिस्ट का बफदार सिपाही हौ। हिजो पनि र आजपनी त्यही गरेउ। हिजो हामी माले हुदा क.सिपि का कार्यकर्ता त्यस्पछी क.जे एन का त्यस्पछी क। मदनका हुँदै क.माधब त्यस्पछि क जे एन. हिजो क. केपि आज एकता भैसकेपछी क।केपि र क. प्रचण्डका कार्यकर्ता हौ। त्यसैले यो महाधिवेशन सम्म कहि कोहि हल्लिने हल्लाउने प्रयत्न गर्नु पार्टीमा बिग्रह ल्याउनु हो । गुटबन्दी गर्नु हो। हामिले गुटबन्दी को बिरोध गरेकाहौ। गुट चल्न सक्छ भित्र दुइलाइनको संघर्ष हुनसक्छ । तर त्यस्को मत्लब महाधिवेशन को नजीक महाधिवेशन प्रभावित गर्नेगरी पार्टीको अध्यक्ष को बिरुद्द मोर्चाबन्दी गर्नु र कसैको साख गिराउन लाग्नु बिल्कुलै गलत हो। यो प्रबृतिको पुनराबृती हुनबाट जोगाउनु आम कार्यकर्ताको कर्ताब्य हो। हामिले कसैलाइ उचाल्ने र कसैलाइ खसाल्ने पनि गर्नु हुन्न। 
हाम्रा लागि हाम्रा नेता महान हुन। भोलि महाधिवेशन गरौ प्रतिनिधि बाट अध्यक्ष को चुनाब गरौ।वा समझदारी बाट कसैलाइ सर्बसम्मत गरौ। उस्लाइ फेरि आर्को महाधिवेशन सम्म सबैले सहयोग गरौ। विधि र प्रकृया सगै बिधान सम्मत ढङले चल्न र चलाउन दिउ। होइन अहिले नै हतार छ भने किन र केका लागि बारम्बार बैठक बसेर समय बर्बाद किन गरिरहनुपरयो।छिटो चाहिनेले हिड्दैगर्दा भयो। किन पर्खदै चिचिको पनि पापाको पनि लोभ गर्छौ। मङ्सिर आउन कतिनै बाकि छ। कुन पाहाड खसिहाल्छ। को को किचिन्छौ।
ककस्लाइ डर लागेको छ। हतार हुने र डराउने जतिले गएभैगयो नि. किन रिङ्ग रिङ्ग गरेर अनुशासित कार्यकर्ता को माथापच्ची गराउछौ। मेची महाकाली जाउ। कार्यकर्ताको भावना बुझ। गुटलाइ होइन समग्रमा बुझ पल्ला भारी कस्को हुन्छ। हिसाब गर। अहिले पार्टीको अध्यक्ष र प्रधानमन्त्री हटाउन सक्ने हैसियत राख्नेले प्रधानमन्त्री लाई नाकी लगाएर ट्र्याकमा हिडाउन सक्दैनौ ? पार्टी ले यो यो काम सरकारले गर्नुपर्यो भनेर कुनै योजना बनाएर सरकारलाइ ध्यानाकर्षण गराएकाछौरु पार्टीले सरकारको अपनत्यो लिएर सहयोग गरेकाछौरु कहाँ कसरी कस्लाइ सिद्य्याउने भनेर हिजो देखिनै धोती सुरुवाल कसेर लागेको होइन र। सरकार बदनाम गराउन र बारम्बार रास्ट्रपति का ड्राफ चिट्ठी हरु असुद्ध लेखेर खुइलाउन लागीको होइन र। 
यस्को जवाफदेहिता तपाइँ हरु पनि हुनुपर्दैन र ? हिजो नौ महिने सरकार क। मनमोहन अधिकारी को कार्यकाल चलाएर आएका नेता हरु हुनुहुन्न र। कसरी पार्टी रा सरकार बीचमा सम्वनयकारी भुमिका थियो। आज के कुराले असजिलोभयो। दोष केपि लाई मात्र लगाएर आफु उम्कन मिल्छ ? हिजो नौ स को कार्यक्रम सगै पार्टी शुद्धिकरण अभियानमा देश भरिका कार्याकर्ता एकसाथ चलेको होइन र। आज यो सब किन भइरहेको छैन। यता नेताहरुको ध्यान जानू पर्दैन । गुलियो जेरि र हलुइ को छेउमा बसेका झिंगा झै मन्त्रीको वरिपरि योजना को वरिपरि ठेक्क पट्टाको र ठेकेदार को वरिपरि झिंगा झै आ(आफ्ना कार्यकर्ता घुमाएर बद्नामी कमाइरहदा टुलुटुलु हेर्ने र घेर्ने गरेर पार्टी बदनाम गर्दा छेक्ने रोक्ने कहिलै कसैले गर्नुभयो त ? अहिले बेमौसमी बाजा बजाएर के सिद्ध गर्न खोज्दैहुनुहुन्छ ?

आफ्नु पहुचको भरमा बेथिति गर्न लगाएर हिजो पार्टी मा सुन्डमुन्ड कुन्डलेको राज कस्बाट भयो ? समिक्षा गर्नुपर्छ कि पर्दैन ? बेथिति रोक्नुपर्छ भनेर पार्टी मा छलफल गर्ने कोशिश गर्नुभयो ? हिजो पार्टीमा टिकट खरिद बिक्रि गर्ने र पार्टी लाई हराउन लाग्नेलाइ कार्बाही गर्नुपर्छ भनेर कार्बाही गर्ने पटि कोहि लाग्नुभयो ? के यो सब केपि मात्रैले जिम्मेवारी लिने र अरुले नलिने हुन्छ। 
यी सबका सब प्रश्नको उत्तर तपाइहरुको होइनरु यश बाट उम्कन मिल्छ। अब यो लडाइ झगडा आपसी मनमुटाव गरेर सत्रु हसाएर आफू पद र बरियातामा को काहा परे मेरो पालो मेरो पद भन्ने दिन होइन । अब मिल्न सकिन्छ भने मिलेर नै जाने । मिल्नै सकिन्न भने बाहिर मिलेर हुदैन भित्रैदेखी मिल्नुपर्छ। सकिदैसकिन्न भने सबै फुर्सद नै छौ। रोपाइ सिद्धिएको छ। चाडवाड आइसकेको छैन भोलि आ-आफ्ना कार्याकर्ता शुभचिन्तक माझ जाउ । पार्टी पुनर्गठन गरौ। राम्रा र असल लाई कार्यकर्ता ले छान्छन। सानू तर कृम पार्टी बनाउ। हामी त्यसैमा रमाउन चाहान्छौ । होइन भने डम्फु बजाउन छोडेर कमिकम्जोरी बाट शिक्षा लिदै तत तत ठाउँ मा भएका गरेका गल्तिलाइ सच्याउदै अघि बढेर मङ्सिर मा महाधिवेशन गरौ। यो सर्बोत्तम उपाय