यो भष्ट्रचार मात्र होइन,जनता मार हो (भिडियो सहित)

0 0


नेपालदृष्टि । असारमा जताततै बाटो निर्माणको कार्य भैराखेको हुन्छ । तर कहाँ,कसरी र कस्तो किशिमले बनाउँने पूर्वतयारी बिनानै काम भैराखेको हुन्छ । मानौ राता रात काम सक्नु छ । यस्तो चपेटामा निर्माण भएको अधिकांश बाटाहरु अर्को असार साउनमा जस्ताको तस्तै हुन्छन । अर्थात् नुहाएर चिटिक्क हुन्छ, पुनः निर्माण कार्यको तयारीमा । यसरी नै रतुवामाई नगरपालिका ९ मोरंगमा बनेको बाटो नयाँ बस्ती (सुकुम्वासी टोल) पनि अछुतो रहेको छैन । 

यसरी निर्माण भएका बाटाको हिसाव भन्दा दोब्बर रकम अगावै असुलि भैराखेको हुन्छ । प्रसस्त बजेट छुट्याइएका यी बाटाहरु यति तिव्र निर्माण कार्य हुन्तकी स्थानिय बासीले पनि कुनै मेलै पाउँदैन । यसरी निर्माण भइराखेका बाटाहरुमा छुट्याँएको बजेटको वीस प्रतिशत मात्रै बाटो निर्माणमा लगाईन्छन ।

आफ्नो गाँउ घरमा बन्दै गरेको बाटोमा त यसरी निर्माणको दुरोपयोग गरिन्छ भन्ने अन्यन्त्रको के कुरा । यसो गर्नु भनेको संमग्रमा आफूले खाने थालमा दुलो पारेर अरुलाई रमिता देखाउँदै माग्नु हो । जसका कारण गाँउको उन्नति होईन दर्गति तिर उन्मुख हुनेछ । यसको पीडा हामी सबैले भोग्नु सिवाय अरु केही विकल्प रहदैन ।  

यसबारे प्रत्यक्ष दर्शीहरुसँग कुरा कानी भएको थियो । हेर्नुहोस भिडियो बार्तालाप ।