आज देखि लकडाउन अन्त्य,शिक्षण संस्था नखुल्ने

२०७७ श्रावण ७, बुधबार

1 0


नेपालदृष्टि । आजदेखि लागु हुने गरी लकडाउन अन्त्य गर्ने सरकारले निर्णय गरेको छ । अब उच्च स्वास्थ्य सतर्कताकासाँथ जीवनशैलीलाई सामान्य अवस्थामा लैजान गरिएको यो निर्णयमा शिक्षण संस्थाहरु भने तत्काल नखुल्ने बताइएको छ । १ भदौदेखि भर्ना लिइने तर पठन पाठन भने पछि मात्र सुचारु हुने छ ।

सवारी साधनमा जोर बिजोर प्रणाली पनि हटाइएको छ भने सरकारी कार्यालयमा लागु गरिएको दुई सिफ्ट प्रणाली पनि अन्त्य भएको छ । होटल र रेष्टुरेन्ट १५ साउनदेखि खुल्ने छन् । लामो दुरीका सवारी साधन तथा हवाई सेवा १ भदौदेखि खुल्ने अर्थमन्त्री डा युवराव खतिवडाले बताए ।