किन चिसिदै छ नेपाल भारतबीचको सम्वन्ध ?

खगेन्द्र सुवेदी

2 0


नेपालदृष्टि । लिम्पियाधुरा, कालापानी काण्ड बाट चीसिएको नेपाल भारत सम्बन्ध पछिल्लो समय आएर झन खराब भएको महशुस गर्न सकिन्छ लिम्पियाधुराको नक्शा संसद देखी पास गरे पश्चात भारतीय संचार माध्यमहरु नेपाल सरकार र नेपाली नेता माथि केन्द्रित भएर संचार आतंक मचाएको कुरा विश्व सामु केही गरे लुकदैन यही सेरोफेरोमा नेपाल सरकारका प्रधानमन्त्रीले भगवान रामको जन्म भारतको अयोध्या होइन नेपालको ठोरी अयोध्यामा भएको कुरा सार्बजानिक गर्नु भयो । त्यस पछि नेपाल भारतको सम्बन्ध झन धेरै बिग्रीयो ।

साथै नेपालका राजनैतिक दलका नेता तथा विभिन्न सामाजिक ब्यक्तित्व हरुले प्रमको आभिब्यक्तिको बिरोध गरे भारतीय च्यानल र राजनैतिक नेतालाई साथ दिएर ओलीको बिरोध गर्न विभिन्न हिन्दू सङ्गठन खुलेर अगाडि आए र ओलिले आफ्नो भनाई फिर्ता नलिए कार्यबाही गर्ने र सत्ताच्युत गर्ने सम्मको धम्की दिए । साथै यो अन्तरबिरोध जन स्तरमा सम्म देखियो भारतका प्रधानमन्त्री नरेन्द्र मोदी को निर्बाचन क्षेत्र बनारसमा एक नेपाली भनीएको ब्यक्तिको कपाल मुण्डन गरेर टाउकोमा जय श्री राम लेखेर हिन्दुस्थान जिन्दाबाद नेपालको प्रधानमन्त्री मुर्दाबाद नारा लगाउन लगाएर भिडियो खिचेर सार्बजानिक गर्न सम्म भ्याए १ यो एक दम गलत हो भारतीयहरु हर कुरामा अतिबादमा फस्छन भन्ने कुरा यो घटना बाट सिध्द हुन्छ । राष्ट्रीय राजनीतिमा जे भए पनि नेपाली जनता ले कसैलाई केहि गरेको छैनन ।

राष्ट्रीयताको सबालमा सबै आक्रमक हुन्छन कसैले भनी रहनु पर्ने होइन तर निर्दोष नागरिकलाई बिनाकारण दुःख दिनु र यातना दिनु कुनै धर्म होइन यो अमानविय अपराध हो धर्मले कसैलाई पनि यातना र दुःख देउ भन्दैन । राष्ट्रीयताको नाममा धर्मको नाममा जन स्तरमा यस्ता क्रियाकलाप गर्ने र गराउने लाई कानूनी दायरामा ल्याउनु सम्बन्धित सरकारको दायित्व हो १ उत्तर प्रदेशका मुख्य मन्त्रिले दोशीले कार्यबाही गर्ने आश्वशन दिएको कुरा भारतको लागी नेपाली राज दूत निलम्बर आचार्यले बताउनु भएको सत्य भए सकरात्मक हो । र मुण्डल गरिएका ब्यक्ति भाडाका भारतीय नै भएको समाचार आएको छ जे भए पनि दूबै गलत हो ।

अर्को तीर एउटा जिम्मेवार तहमा बसेको मान्छेले कूटनैतिक पहल गरेर बिबाद समाधान गर्नु पर्ने मा आफ्नो स्वार्थको लागी छिमेकिलाई तथा नाम गाली गर्ने अनि साम्प्रदायिक दंगा भडकाने कार्य अबस्य पनि सही हुनै सक्दैन हिजो मोदी सङ्ग राम्रो सम्बन्ध हुँदा अनि पार्टी भित्र अन्तरबिरोध नहुदा त्यही भारतीय प्रधानमन्त्री मोदीलाई बोलाएर अयोध्याका राम र जनकपुरकी सीता ले नेपाल भारतको सम्बन्ध जोडेका छन भन्दै भाषण गर्दै जनकपुर देखी अयोध्या जाने गाडीको उद्घाटन गर्नु अनि अहिले एमसीसी पास गर्न नपाएर पार्टीमा अन्तरबिरोध सृजना गर्ने अनि त्यो अन्तरबिरोधमा आफ्नो पक्षलाई सबल बनाउन राष्ट्रबादी देखिनु पर्ने तथा सरकारमा सहभागी ओली गुटका अधिकांश मन्त्री भ्रष्टचार काण्डमा मुछिएको समय साथै सरकारका अधिकांश काम कार्यबाही असफल भएको समयमा जनताको सहानुभूति बटुल्नको लागी राष्ट्रीयताको कुरा उठाउदै छिमेकिलाई गाली गर्नु खोक्रो राष्ट्रबाद बाहेक केहि होइन ।
 

नेपालीलाई राष्ट्रबाद र देशभक्ति नाममा जनताले दुख पाउने अनी नेताको स्वार्थ पूरा हूने देश भक्ति चाहिएको छैन, गलत काम गर्ने र सरकार असफल भए पछि सरकारका असफलता त कमजोरी लुकाउने राष्ट्रबाद नेपाली जनताको अनुकूलतामा कहिले हुन सक्दैन ।

कम्युनिष्टहरु द्वन्दबादमा बिस्वास गर्छन यसका बाबजूद आध्यात्मिक कुरा गर्नु भनेको स्वार्थको लागि मात्र गरिएको हुन्छ हिजो जनताले पत्याएको अबस्थामा करोड को उपहार लिदै होली वाइन खाए र आसेपासे लाई खुवाए अनि आज जनतालाई भुलाउन हिन्दुधर्मका संरक्षक देखिन खोज्दै राम लाई धर्मपुत्र बनाएर जनताको नजरमा राष्ट्रबादी देखिने अनि आफ्ना गुटका मन्त्री र आसेपासे हरुले गराएको भ्रष्टाचार काण्डलाई पर्दा लगाई रहने ओलीको नियत देखियो आर्थिक रुपमा भारतमा परनिर्भर रहने नीति बनाउने, भारतीय एजेन्ट बाट कमिसन खाएर पेट्रोलियम पदार्थ ब्यापारको लागी बिधुतीय सवारीमा कर बढाउने,कृषि उपज हरुमा पनि भारतीय उत्पादन लाई प्रोत्साहन गर्ने अनि अर्को तीर भारतीयलाई गाली गर्ने आफु सबल भए अरुको के चासो ? झगडा र लडाइले समस्याको हल हुदैन भने कूटनैतिक पहल गर्न दबाब दिने कसले हिम्मत गर्ने ?

यती भनि रहदा यो भारतीय दलाल रहेछ प्रमको बिरोध गर्यो भन्ने मान्छे निस्कन सक्छन ओलीको खराब कुराको बिरोध गर्नेलाई भारतीय भन्ने हरुले यो सोच्न जरूरी छ की हामी खुडा खुकुरी बम बारूद र गोली ले लड़ाई जित्ने समयमा जन्मेका हैनौ लड़ाई गरेर अर्कालाई गाली गरेर युध्द जित्न सकिन्न हामीले विश्वका बादशाह हरु लड़ाई बाट तहस नहस भएका इतिहास पढेका छौ अरुलाई गाली गरेर र युध्द लडेर मात्र हामी राष्ट्रबादी हुन्छौ भने म पनि युध्द लड़न जान्छू सरकारले हतियार दियोस म पनि भारतको बिरोध गर्छु तर भ्रष्टचारी बचाउने अनि सरकारको कमजोरी लुकाउन छिमेकीलाई गाली गर्ने कुरामा म सहमत हुन सक्दिन ।

अनि पार्टी भित्रको अन्तरबिरोधलाई छिमेकी सङ्ग जोडेर आफु मात्र राष्ट्रबादी देखिने कुराको समर्थन गर्न सक्दिन हो नया नक्शाको सबले समर्थन गरेको हो त्यो भिड़मा म पनि थिए र हर नागरिकले गर्नु पर्छ तर नया नक्शा पारित भए पछि कालापानीमा भारतीय हरुले अझ वर नेपाली भुमी कब्जा गरिएको भन्ने कुरा आयो त्यताको ध्यान दिनु पर्नेमा ध्यान अन्यत्र मोडीएकोमा असहमति हो भ्रष्टाचार नियन्त्रण,सलह नियन्त्रण,कोरोना नियन्त्रण,बाढी पहिरो प्रकोप नियन्त्रण तथा राहत वितरण लाई छोडेर कम्युनिष्टहरुले काल्पनिक भनेर मान्ने त्रेतायुगका रामलाई गोद लीनु के जरूरी थियो ? जरूरी नै भए पनि नेपालमा इतिहासबिद हरु थिए होलान तिनलाई यी कुरा सार्बजानिक गर्न लगाएको भए राम्रो देखिने थियो की ? यी र यस्ता कुरामा असहमति हो 
२१ औ शताब्दीमा युध्द बाट होइन आर्थिक बिकाश बाट विश्व विजेता भएका देशका समाचार हाम्रो लागि कल्पना साबित भएका छन अनि आत्मनिर्भर हूने कोशिश गर्ने क्यूबा हरुमा नाका बन्दी लगाएको सुन्दा डराएर हाम्रा खुट्टाहरु अघि बढ्न मान्दैनन तर पनि साहस गर्छौ आत्मनिर्भर हूने अनि बिदेशी समान बिना जीविकोपार्जन गर्ने अनि नेपाली समानको प्रयोग गर्ने तर सरकार नेपाली समानलाई निरुत्साहित गरेर भारतीय समानलाई प्रोत्साहन गरी रहन्छ अनि मौषमी राष्ट्रबादी देखिन्छन हिम्मत भए साचै राष्ट्रबादी बन्ने हिम्मत गर त्यस बेलामा बुर्कुसी मारेर सरकारको समर्थन गर्छु त्यसका लागि भारतीय समान हरुलाई निरुत्साहित गर आफ्नो देशको समानलाई प्रोत्साहन गर फजूल खर्च सौंदर्य सामाग्री, रक्सी जस्ता बिलासी समान निर्यात बन्द गर अनि आफ्नो देशमा उत्पादन हूने समानको खपतलाई प्राथमिकता देउ भारतीय आएर नेपालमा गर्ने ब्यबसायहरु (हजम,पानी पूरी,कुकर चुलो मर्मत)मा नेपाली लाई तालीम दिएर सक्षम बनाउ कृषिमा देशलाइ आत्मनिर्भर बनाउ जनतामा नेपाली समान प्रयोग गर्न सचेतना जगाउ ।

नेपालीलाई राष्ट्रबाद र देशभक्ति नाममा जनताले दुख पाउने अनी नेताको स्वार्थ पूरा हूने देश भक्ति चाहिएको छैन, गलत काम गर्ने र सरकार असफल भए पछि सरकारका असफलता त कमजोरी लुकाउने राष्ट्रबाद नेपाली जनताको अनुकूलतामा कहिले हुन सक्दैन ।