अहिले राष्ट्रियताको मुद्धामा ओली किन मौन ?

जनक ढकाल

2 0


नेपालदृष्टि । देश भक्ति त मर्दैन चुत्थै देश भए पनि कवि बालकृष्ण सम को यो कबिताको पङ्ति बाट बिषय उठान गर्न मन लाग्यो । देश भक्ति र राष्ट्रियताको कुरा आए पछि छिमेकी देश भारत जोडिने कुरा हाम्रो नेपाली राजनितीमा नया बिषय होईन । हाम्रो देशको बर्तमान राष्ट्रिय राजनितीमा पनि त्यहि बिषयले मुल स्थान पाएको छ । यहाँ मैले भारतको पक्ष पोषण गरिरहेको छैन ।हाम्रो देशको हरेक बिषयह? जस्तै राजनैतिक ,आर्थिक, सामाजिक,धार्मिक लगायतका कुरा ह?मा भारत तघारो भएकै छ । त्यसमाथि भारतिय गोदि मिडियाह?को हर्कतले सिमा नाघिसकेको छ ।

पत्रकारिताको सामान्य नियम र मान्यताह ? को हेक्का नराखी कुर्ली रहेका छन । हाम्रो देशको राष्ट्रियता,सार्भभौमसत्ता र अखण्डता माथि निर्लज्ज प्रहार गरिरहेका छन । हाम्रो देशको सिमा अतिक्रमण को बिषयमा हामीले तथ्थ संगत कुरा उठाउदा चिनको उस्काउटमा लाग्यो नेपाल भन्न समेत पछि परेनन । अधिकांश भारतीय च्यानल तथ्य र तर्कको चिन्ता गर्दैनन् । देशभित्र होस् वा बाहिर, कुनै मानक पूरा गर्दैनन् । ती आफैँ चोर जन्माउँछन्, आफैँ प्रहरी हुन्छन् र पक्राउ गर्छन् । आफैँ अदालत खडा गर्छन् र आफैँ फैसला सुनाउँछन् । उनिह?को नजरमा नेपाल चीनको पिछलग्गु भइसकेको छ ।

नेपाल दिल्लीको न्यानो काख छोडेर बेइजिङको कोक्रोमा झुला खेलिरहेको छ । पछिल्ला दिनमा त स्टुडियोहरू यसरी पेस हुन्छन् मानौँ काठमाडौंमा चिनियाँ सैनिकको परेड चलिरहेको छ र ती राति नै दशगजा पार गरेर दिल्ली हान्दै छन् । क्यामेराअघि उभिएपछि भारतीय प्रस्तोतामा त्यसै भूत चढ्छ । भारतिय मोदी मिडियाह?ले नेपाल र भारत बिचमा अन्तरद्वन्द सिर्जना गरेका छन यो दुई देश बिचको अन्तरद्वन्दमा कुनै पनि तेश्रो देशले खेल्ने मौका पाएको खण्डमा दुबै देशको लागि धातक हुन्छ भन्ने कुरा यिनिह?ले नबुझेको हुन सक्छ ।

यिनै हर्कतह?का कारण नेपालमा यिनीह?को प्रशारण बन्द गरियो यो हामी नेपालीह?को लागि खुशिको कुरा हो । मिडियाह? त एउटा पात्र मात्र हुन हाम्रो देशलाई हेर्ने भारतिय कुटनैतिक नजरनै खराब छ । भारतिय बिस्तारबादि सोचका कारण हामीले सधै भारतको पेलानमा बस्नु परेको तितो यतार्थ छ । त्यसमा पनि हाम्रो देशका नेतृत्वह?को अकर्मण्यता र गलत सोच पनि भारत हामीमाथि हाबी भएको देखिन्छ ।

ताजा राजनैतिक घटनाक्रम लाई निहाल्ने हो भने पनि प्रधानमंन्त्री के पि ओलिले भगवान राम र अयोध्याको तथ्यहिन कुरा उठाएर भारतलाई थप चलखेल गर्ने मौका दिएका छन ।उनको यो अभिब्यक्तिले भारत ले हामी सग थप चलखेल गर्ने ठाउँ भेटेको छ । यहि कारणले अब हाम्रो देशको अतिक्रमित भुमिह? लिम्पियाधुरा , लिपुलेख र कालापानीको मुद्दा ओझेलमा पर्ने देखिन्छ ।

यी जमिनह? नेपालका हुन भन्ने बिषयलाई सबै नेपालीह? एक ठाउमा उभिएर भारतको बिपक्षमा उभिएको ताजा ईतिहास छ हामीले अतिक्रमित भुमि फिर्ता ल्याउन राष्ट्रिय सहमति गरेर संविधान सम्सोधन गरेकै हो । यो बिषयमा हामी नेपालीले सदन देखि सडकबाट प्रधानमन्त्रिलाई साथ दिएकै हो । यसलाई दुई देशको कुटनैतिक कोणबाट हल गर्ने कुरामा भारत लाई दबाब दिनु आजको मुख्य आवस्यकता हो ।

तर प्रधानमंन्त्रिले आफु मात्र राष्ट्रबादी हुनको लागि दिएको यो काल्पनिक अभिब्याक्ति सम्पुर्ण देश र जनताको लागि घातक देखिन्छ । हाम्रो देशको राजनैतिक सस्कार यसरी मौलाएको छ नेतृत्वले गरेका हरेक कदमह? लाई अन्धभक्त भएर समर्थन गर्नु पर्ने भएको छ । उनका हरेक तथ्थहिन , काल्पनिक र कपोलकल्पित कुरा ह? लाई समर्थन नगरेको खण्डमा देशघातीको बिल्ला भिडाउने सस्कार बसेको छ ।

अतिक्रमित भुमिह? फिर्ता ल्याउने बिषय लाई अन्तिम किनारा लगाउनु पर्ने समयमा आज हाम्रो पंधानमन्त्रिले पुन अर्को बिबादास्पद कथन दिएर मुख्य मुद्दा लाई आझेलमा पारेका छन । हुन त यो उनको नौलो चाल भने होईन । एक पछि अर्को बिबादास्पद कथन दिएर राजनितीमा तरङ्ग ल्याउन उनी बानी परिसकेका छन ।

कहिले कोरोनाको औषधी बेसार र तातो पानी भनेर वा अन्य उत्पट्याङ कथन गर्न माहिर हाम्रा प्रधानमंन्त्री ओलि नेतृत्वको सरकारले गरेको काण्डैकाण्ड र भ्रष्टाचारको फेहरिस्त एउटा अर्को महापुराण बन्न सक्छ ।

उनको कुटिल चाल द्वारा भगवान राम र पबित्र स्थल अयोध्याको बिषयमा दिएको अभिब्याक्तिबाट निर्मलताको आशा के गर्नु ? बिश्वको कम्युनिस्ट ईतिहास हेर्ने हो भने कम्युनिस्टह? भौतिकबादी दर्शनलाई आफ्नो मुल मन्त्र मान्दछन तर नेपालको कम्युनिस्ट पार्टिको नेतृत्व गर्ने ब्याक्तिले आध्यात्मबादी कुरा गर्दै राम राम भन्नू अ‍ेफैमा पनि असल होईन । अत पंधानमन्त्रि ओलिको पछिल्लो बोलि कुनै कोणबाट पनि तथ्य र तर्क संगत देखिदैन ।