मात्र श्रीमतीलाई खुसी पार्नमा नै उसले समय खर्चिरह्यो

बिजु सुवेदी “विजय”

0 0


नेपालदृष्टि । उसको नाम के हो विजयलाई थाहा छैन तर माइकल भनेपछि टोलका सबैले उसलाई चिन्दछन् । विजय बिहानै एउटा स्टान्डर्डको होटलमा त्यही माइकलसँगै चिया पिउँदै थियो । त्यहाँ उनीहरुले एउटा–एउटा समोसा पनि खाए । खान सकेपछि अलिबेर पैसा कसले तिर्छ उसैलाई फाइदा हुनेजस्तो ताल पर्यो । विजयले नै पर्स निकालेर काउण्टरमा गएर साहूजीलाई “कति भयो ?” भनेर सोध्यो । बैसठ्ठी रुपियाँ भो भनेर साहूजीले भन्यो । विजयले कसरी ? भनेर सोध्यो । समोसा एउटाको १६ दुने ३२ रुपियाँ चिया एउटाको १५ दुने ३० रुपियाँ जम्मा ६२ रुपियाँ भनेर भन्यो । विजयले ६० रुपियाँ दियो अनि “२ रुपियाँ छुट भो” भन्यो । माइकलले रिसाएर काउण्टरमा २ रुपियाँ तिर्यो । “पैसा काउण्टरमा तिर्ने होइन क्या, हामीले खाएकै ठाउँमा बिल आउँछ अनि प्लेटमा पैसा राखिदिने, अनि केही टिप्स पनि दिने । ब्रोले त सारै इन्सल्ट गर्नुभो ।” माइकलले भन्दै थियो ।

त्यत्तिनै बेला विजयको त्यही टोले गुण्डा टाइपको माइकलसँग बानेश्वरसम्म जाने प्रोग्राम बन्यो । माइक्रोमा बसेर उनीहरु बानेश्वरमा हुइँकिए । बानेश्वर पुगेपछि विजयले झुत्रो लुगा लगाएको मायालाग्दो बच्चा खलासीलाई तीस रुपियाँ भाडा तिर्यो । तर माइकलले त्यो तीस रुपियाँ खोसेर खलासीलाई गाली गरेर “बढी पैसा लिन्छस्, यहाँसम्मको त एकजनाको बार–बार रुपियाँ होइन रु हामीसँग आइडेन्टीटी कार्ड पनि छ ला ल ली तँलाई बीस रुपियाँ” भनेर बीस रुपियाँ दियो र दश रुपियाँ खल्तीमा राख्यो ।

उसले विजयलाई सम्झाउँदै थियो “काठमाण्डौंजस्तो शहरमा कहाँ के गर्ने । कहाँ के नगर्ने भत्रे कुरा ब्रोलाई त पटक्कै आउँदो रहेनछ । साइको चाहिँ नबन न ल ब्रो ?”

किनकिन माइकल विजयकोपछि लाग्या लाग्यै गथ्र्यो । विजयले कहिल्यै दुईचार पैसामा ऊसँग कहिल्यै टेरपुछर गरेन । सकेसम्म गरिवले केही राहत पाओस् भन्ने चाहना विफल हुँदा भने विजयमा नैराश्यता हुन्थ्यो ।

यो भोगाइलाई विजयले “आजको हिरो माइकल” भनी लघुकथा पनि एउटा पत्रिकामा प्रकाशन गर्न सफल भयो । अब यो कहानीले भने अर्कै मोड लियो ।

कथाकारको लगन, मेहनत, सत्यप्रतिको निष्ठा, अन्याय विरुद्धको व्यङ्गिलो आवाज मिश्रित एउटा वौद्धिक खुराकले यसरी एउटा सशक्त लघुकथा पढ्ने थुप्रै पाठकहरु जागे । प्रकाशनमा पनि शक्ति हुँदोरहेछ । एउटा होनहार सत्यको बल । विना हतियार, वौद्धिक शक्ति । प्रचूरमात्रामा असत्यमा हिँड्नेलाई हठाट झट्का दिने शक्ति । हो यो कथाले यस्तै गर्न सफल भयो ।

एकदिन विजय भन्ने त्यही केटाको एउटी हेर्दा चिटिक्क परेकी, राम्री केटीसँग लभ पर्यो । उनीहरु छुट्टिनै नसकिने भयो । केटाले केटीलाई र केटीले केटालाई अनेकौँ परीक्षा लियो । दुबैमा उनीहरु सफल भए । उनीहरुको माया झन्झन् गाढा हुँदै गयो । भरखर उमेरमा भएको लभ भएकाले उनीहरु आफु मिल्नलाई ज्यानप्राण दिनसक्ने अनेकौँ उदाहरण समाज सामु उदाहरण दिए । हरेकको उमेरमा लभ परेको सुरुका दुई तीनवर्ष आफुआफुबाहेक अरुतिर ध्यान नजानेजस्तै, गएन उनीहरुको पनि । सबैले उनीहरुको जोडीको मिलनदेखि इष्र्या गर्थे । साँच्चिक्कै रोमियोजुलियट, सिरिफराहा, लैलामजनु, हीरराँझा, सोहनीमहिवाल भन्दा पनि धेरै माया गाढा थियो उनीहको ।

त्यही माइकल उसको सालो भएर निस्क्यो । माइकलको भने विदेशमा गएर कमाउने रहर गर्यो । त्यसले गर्दा विजयलाई उसले धेरै आर्थिक कुराको हारगुहार गर्यो । नमान्दा नमान्दा पनि हठी साला र श्रीमतीले जिद्दी गरेकाले नागरिकतामा उसको उमेर नपुगेकोले अर्कै नामबाट उमेर पुग्ने गरी उनीहरु दुबै मिलेर नागरिकता बनायो । नमान्दा नमान्दै पनि श्रीमती र सालाको हठले विजयले चिनेका इन्ष्टिच्युटहरुबाट खुसीमनले सर्टिफिकेटहरु बनायो । विजयसँग भएको जम्माजम्मी एउटा सिम पनि एकदिनका लागि माइकललाई दियो । अन्तर्वार्ता पनि माइकलको त्यही मोबाइलबाट भयो । पछि माइकलले सिम हरायो भनी दिएन । जे भए पनि सालो हो भनी आफुलाई आएजत्ति कम्प्युटर सर्टकटमा सिकाएर एताउति गरी विदेशमा पठाइदियो ।

साला विदेशमा जाने लोकशन कम्प्युटरमा देखाइदियो । त्यहाँ जाने ठाउँको लोकशन उसलाई डायरीमा टिप्न दियो । त्यहाँ जाँदा कसरी मोबाइलबाट नक्सा हेर्ने त्यो पनि सिकाइदियो । सालालाई जत्ति राम्रो मोवाइल देखाए पनि त्योभन्दा राम्रो चाहिने भनी हट गर्दा पनि विजयले मोलजाने नै खुसीसाथ किनिदियो र विदेशका लागि कसरी ? के ? कहाँ ? मोबाइलमा सेट गर्ने सबै गरिदियो ।

भरखर भरखरको मुना पलाएको लभ थियो विजयको । लभका लागि जे पनि गर्ने अनि रम्ने बानी थियो विजयलाई । यसबाट पछि के असर होला त्यो उसले सोच्नै सकेन मात्र श्रीमतीका लागि सालालाई खुसी पार्नमा नै उसले समय खर्चिरहनुपर्यो । यसमा श्रीमती पनि दङ्ग भइन् भने विजय त्यसभन्दा दङ्ग परिरह्यो ।

विजयको सम्पर्क नम्बर मार्फत घरघरमा गएर कम्प्युटर तालिम दिने र बनाउने काम यही सालाले सिम नदिएको कारणले छुट्टियो । कम्प्युटरमा पोख्त, इमानदार र काममा लगन भएकाले फेरि एउटा कम्प्युटर इन्ष्टिच्युटमा विजयले जागिर पायो । त्यहाँ उसले आफ्नो ट्यालेन्ट देखाउन पाएकोमा ऊ रमायो, भलै त्यहाँ थोरै पारिश्रमिक भएर पनि । यसैको सहारामा विजयको दुइजनाको सानो परिवार जेनतेन चलिरहेको थियो ।

साला फेरि विदेशमा विदा लिएर दशैँको छुट्टी मनाउन भनी आइपुग्यो । सालालाई त्यही उसको ट्रेनिङ्ग गर्ने किताब चाहियो भनी, दशैँको विदापछि फिर्ता गर्ने भनी माग्यो । उसले सालालाई किताब पनि दियो, डिजिटल ह्याण्डस्आउट कपी पनि दियो । यो विजयले पनि दशैँ पछि उसको ट्रेनिङ्ग गर्नेबेला फिर्ता दिलाउन भनी दिएको थियो । तर दशैँपछि सालाले त्यो डिजिटल कपी अनेकौँलाई फुर्ति देखाएर दिन थाल्यो । यो कुरा विजयको अफिससम्म लिक भयो । यसले गर्दा विजयले जागिरबाट हात धुनुपर्यो । यत्ति हुँदा पनि विजयको कम्प्युटरको किताब सालाले फिर्ता गर्दै गरेन ।

दशैँ पछि लगत्तै साला विदेशमा काम गर्न गयो । ऊ सधैँ च्याटमा आएर खालि भाञ्जाको फोटो मात्र मागेर हैरान पार्न थाल्यो । भाञ्जाको फिटोमात्र मोवाइलले खिँचि २देखि ३ हजारसम्म पठायो । फेरि दशैँको समयमा विदेशबाट फर्केर आउँदा पनि, भाञ्जालाई प्लेनबाट मामाघर लाने भनी विजयसँग टक्टकाएर पैसा लान्थ्यो तर भाञ्जालाई भने प्लेनबाट लाँदैनथ्यो 

एकदिन विदेशबाट साला फर्केर आउँदा उसलाई विजयले लिन जानुपर्ने रे, त्यसमा उसकी श्रीमतीको पनि जिद्दी गर्न थालिन् । अनि विजय ठीक समयमा त्यहाँ एअरपोर्टमा पुग्यो, साला अटाएचीसहित आइपुग्यो । उनीहरु बसमा बसे । अब भने सालाले दुइजनाको भाडा १५, १५ गरी ३०को ठाउँमा ५० तिर्यो । फिर्ता पनि लिएन । विजयलाई अब भने साला लाइनमा आएजस्तो लाग्यो । गरिव दुःखीप्रति सहानुभूति पलाएकोमा विदेशको काम गराउने व्यक्तिप्रति उसले मनमनै आभार व्यक्त गर्यो ।

धेरै समय वितिसकेपछि साला विदेश गइसकेपछि विजय कामको सिलसिलामा त्यही वसबाट जानुपर्ने भयो । त्यहाँको डाइभरले भन्यो कि “सर १ पचास रुपियाँ लिने त्यो सालाको मतियार डाइभरको साला हो, त्यसको नाम भवानी हो । अहिले उनीहरु दुबैजना दुबबइमा छन् । काम गरिराको भन्छन् त्यो पनि खालि च्याटमा मात्र, तर मलाई लाग्छ कि उनीहरु दुबै यहीँ छन् , इन्टरनेटवालाहरुले उनीहरुको लोकेशन देखाउँदा मात्र दुबइ देखाउँदा रहेछन् ।” त्यसैले हजुरको पचास पनि खेर गयो, न नै वास्तविक खलासीले पायो, न नै वास्तविक डाइभरले पायो । त्यो श्यामे साला चुतिया रहेछ ।

विजयको विजयको लक्ष भनेको त्यही गरिवको चुल्हो पनि राम्ररी बलेको हेर्ने थियो । त्यसका लागि अब झन् दुनियाँलाई चिनिसकेकोले गर्दा विजयले नयाँ सिराबाट समाजमा योगदान गर्ने अटल मनसुवा बनायो ।