किन बढ्दै छ देउवा र पौडेलबीच द्वन्द्व ?

1 0


नेपालदृष्टि । नेपाली काँग्रेसभित्र सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच द्वन्द्व बढेको छ । पार्टीभित्र देउवाले फेरि विभागहरु गठन गर्न लागेपछि पौडेल पक्षले आपत्ती जनाएको छ । महाधिवेशन यसै वर्षभित्र गर्नुपर्ने पौडेल पक्षको माग छ । यसबाहेक महाधिवेशनलाई प्रभावित पार्न कुनै गतिविधि नगर्न समेत चेतावनी दिएको छ ।

तर, देउवा फेरि विभागहरु गठनमा लागेका छन् । उनले यसअघि पनि विभागहरु गठन गरी पौडेल पक्षका नेताहरुलाई आफ्नो पक्षमा ल्याएर जिम्मेवारी दिएका थिए । यसपटक पनि त्यस्तै भुमिका देखाउन थालेको भन्दै पौडेल पक्षले आपत्ती जनाइसकेको छ ।

 

पौडेल पक्षका नेता रामकृष्ण यादवले विभागहरुको काम अगाडि नबढाउन आग्रह गरिसकिएको बताएका छन् । उनले यस्ता गतिविधिले देउवाको बदनामी हुने समेत टिप्पणी गरे ।

काँग्रेस महाधिवेशन विधान अनुसार यसै वर्षभित्र गरिसक्नुपर्नेछ । महाधिवेशनबाट नेतृत्वमा पुग्न देउवा र पौडेल दुवै सक्रिय भएका छन् । तर, सभापतिमा दुवै पक्षका केही नेताहरु पनि आकांक्षी छन् । पौडेल पक्षका डा। सशांक कोइराला, प्रकाशमान सिंह र डा। शेखर कोइराला पनि आकांक्षी हुन् । तर, पौडेल सबैलाई समेटेर सभापति उम्मेदवार बन्ने तयारीमा लागेका छन् । - रिपोर्टर्सनेपाल