खोलाको तटबन्धन निर्माणमा स्थानियमा केही आशा

२०७७ असार ३१, बुधबार

0 0


नेपालदृष्टि । मोरंग जिल्लाकै ठुलो र बिनाशकारी खोलाकोरुपमा लिईन्छ बक्रा खोला । यसले मोरंग जिल्लाका अधिकांश नगरपालिकाहरुलाई छोएको छ । बर्षायाममा यसले मूलत करिव हजारौ हेक्टर जमिन विनाश गर्दै आएको छ ।
 

यस्तै मारमा पर्दै आएको छ रतुवामाई नगरपालिका । मूलत यस नगरपालिकाको वडा नं.९मा यस खोलाले निकै दुःख दिदै आएको छ । जसका कारण बर्षेनी यहाँका स्थानि किशानहरु सदैव आफूलाई असुरक्षित भैराखेको महसुस गर्दै आएका छन । 
 

 यसैलाई मध्य नजर राखेर रतुवाई नगरपालिकाका वडा नं.९का अध्यक्ष इन्द्र बहादुर चोङवाङको पहलमा यसपालि बक्रा खोलामा तटबन्धन निर्माण कार्य भएको थियो । यसै क्रममा रतुवामाई नगरपालिकाका वडा अध्यक्ष इन्द्रबहादुर चोङवाङसँग केही कुराकानी भएको थिया ।

प्रस्तुत छ प्रत्यक्ष भिडियो बार्ता ।