राजनीतिमा करप्सन बढ्नुनै त्यही कारण हो

1 0


     नेपालदृष्टि । सुभम टेर्डसलाई मोरंग जिल्लाको रतुवामाई नगरपालिक भित्रको एक सक्रिय उद्योगकोरुपमा लिन सकिन्छ । स्थानिय किशानका आभारभूत आवश्यकहरुलाई बिशेष महत्व दिदै आएको यस उद्योगले अहिले दैनिक रुपमा १५ देखि २० जना स्थानिय युवाहरुलाई रोजगार दिदै आएको छ
बैदेशिक रोजगारबाट असन्तुष्ट भई फर्केर आएका युवाहरुको लागि पनि यस सुभम टेडर्स सामान्यरुपमा कर्म थलो भईरहेको छ ।  
युवा उद्गम र स्वरोजगार हाम्रो सरोकारको मुल नारा सहित स्थापना भएको यस उद्योगले स्थानिय किशानहरुलाई खेत जात्ने देखि लिएर समयमानै पाकेको अन्न बाली काट्ने जस्ता अति आवश्यक सेवाहरु दिदै आएको छ । 
यसका साँथसाँथै किशानका लागि उचित बजारको ब्यवस्था सहित अन्नबालीको उचित मूल्यको मापनमा रहेर बेचबिखान पनि गदै आएको छ । 
स्थानिय गाँउमा हुने बिचौलिया र अब्यवस्थीत बजारको समस्याबाट मुक्त रहेका किशानहरुले घर,पुल जस्ता निमार्ण सामाग्री तथा धुवानी सेवा सुलभ तरिकाले पाँउदौ आएका छन ।  

किशानहरुकै सहयोग र परामर्श लिदै अगाडि बढेको यस उद्योगले थोरै समयमा स्थानिय बासीहरुको मन जित्न सफल भएको छ । यस सफलताको श्रेय पनि यीनै किशान र स्थानिय बासीलाई दिन चाहान्छ यस सुभम टेडर्सका प्रोपाईटर टेकनाथ घिमिरे । 

 

युवा नेता घिमिरे एक कुशल उद्यमीका साँथसाँथै सफल राजनीतिक ब्यक्तित्व पनि हुन । २०४८ सालदेखि आफ्नो राजनीति यात्राको तय गरेका युवा नेता टेकनाथ घिमिरे अहिले मोरंग क्षेत्र नं.२का राप्रपाका अध्यक्ष हुन । त्यस्तै समाज सेबा,उद्यमी र राजनीतिकामा सक्रिय रहदै आएका यी युवा नेता घिमिरे अन्य राजनीतिक ब्यक्ति भन्दा निकै फरक रुपमा प्रस्तुत भएका छन । किनकी उनले आफुले चलाउँदै आएको उद्योगलाई उनि मात्रै ब्यवसायिकरुपमा लिदैनन । जसले स्थानिय युवाहरुलाई स्वरोजगारको पनि अवसर दिदै आएका छन । यो एउटा उदारणीय बिषय मान्न सकिन्छ । 
 

हेर्नुहोस भिडियो :