मुलकका सातै प्रदेशको बजेट सार्वजनिक हुँदै

0 0


नेपालदृष्टि । आर्थिक वर्ष ०७७र७८ को बजेट मुलुकका सातवटै प्रदेश सरकारले आज सार्वजनिक गर्दैछन् । उक्त वार्षिक बजेट संवैधानिक प्रावधान अनुसार, प्रदेश सरकारहरुले दोस्रो पटक सार्वजनिक गर्न लागेका हुन् ।

स्वास्थ्यसँगै कृषि, पर्यटन, सडक, खानेपानी र रोजगारी सिर्जना सबैजसोको प्राथमिकतामा छन् । प्रदेश सरकारहरुले पनि बजेटको आकार घटाउने भएका छन् ।

कोरोना भाइरस (कोभिड–१९) को महामारीका बिचमा आउने भएका कारण यसपटकको बजेटले स्वास्थ्य तथा कृषि क्षेत्रलाई प्राथमिकतामा राख्ने प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रीहरुले जानकारी दिएका छन् ।