
कुवेतबाट थप १५० जना नेपाली आउँदै
२०७७ जेष्ठ ३०, शुक्रबार
1 0
नेपालदृष्टि । कुवेतमा अलपत्र परेका नेपालीहरु ल्याउँने क्रममा आज थप १५० जना काठमाडौं आउँने भएका छन । विमानस्थलबाट साझा यातायातको बसमा राखेर उनीहरुलाई काठमाडौ उपत्यकामा तयार गरिएको होल्डिङ सेन्टरमा लगिने बताईएको छ ।
बिहीबार ल्याइएका ५३१ जनामध्ये दुई जना गर्भवती महिला रहेका छन्

बिहीबार ५ सय ३१ जना महिलालाई काठमाडौ ल्याईएको थियो । उनीहरुमध्ये सम्बन्धित प्रदेशमा जान नसक्ने ४९ जनालाई छहारी होममा राखिएको छ भने १० जनालाई कोहिनुर होटलमा राखिएको छ । कोहिनुरको व्यवस्थापन स्वरोजगार महिला संघले गरेको थियो ।