आज १३ औँ गणतन्त्र दिवस दिपावली गरेर मनाऔ

प्रवेश बिष्ट

1 0


 नेपालदृष्टि । संविधानसभाको पहिलो बैठकले वि.सं. २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा प्रत्येक वर्षको  जेठ १५ गते विविध कार्यक्रम गरी यो दिवस मनाइन्छ । आज झन्डै २ सय ५० वर्षको इतिहास बोकेको शाह वंशीय राजतन्त्रलाई हटाएर नेपालमा गणतन्त्र स्थापना भएको दिन हो ।

योसँगै मोरङको रतुवामाई नगरपालिकाले पनि तीन दिन दिपावली गरी गणतन्त्र दिवस मनाउन नगरबासीमा अनुरोध गरेको छ । 

सरकारले यस वर्ष तीनै तहका सम्पूर्ण सरकारी कार्यालय र विदेशस्थित नेपाली कूटनीतिक नियोगमा तीन दिन दीपावलीमात्रै गरेर गणतन्त्र दिवस मनाउने भएको छ । गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरी मन्त्रिपरिषद्को जेठ १२ को निर्णयअनुसार जेठ १४, १५ र १६ गते साँझ घरघरमा दीपावली गरेर गणतन्त्र दिवस मनाउन अनुरोध गरेको हो ।

नगरपालिकाले  विज्ञप्ति जारी गरी मन्त्रिपरिषद्को जेठ १२ को निर्णयअनुसार जेठ १४, १५ र १६ गते साँझ घरघरमा दीपावली गरेर गणतन्त्र दिवस मनाउन अनुरोध गरेको हो । 
विश्वव्यापी महामारीका रुपमा देखा परेको कोभिड – १९ कोरोना भाईरसको जोखिम कायमै रहेकाले औपचारिक रुपमा गणतन्त्त दिवस नमनाउन आग्रह गरेको छ । 
साथै नगरले गण्तन्त्र दिवसका अवसरमा आफ्ना नगरबासीहरुमा शुभकामना समेत व्यक्त गरेको छ ।