२५६४ औ बुद्ध जयन्तीको शुभकामना ।

0 0


नेपालदृष्टि । शान्तिका अग्रदूत एवं एशियाका ताराको रूपमा प्रसिद्ध महामानव गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका रूपमा महत्वका साथ स्मरण गर्ने गर्छन् ।

नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात् आजभन्दा करीब दुई हजार ६०० वर्षअघि सिद्धार्थ गौतम राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मी २९ वर्षका उमेरमा दरबार त्यागी ज्ञानको खोजीमा लागेका थिए । कठोर तपस्यापछि सिद्धार्थ गौतम नै गौतम बुद्धका नामले प्रसिद्ध भए ।


कविता

बुद्धको देशमा ...

दियोले पनि उज्यालो दिन सकेको छोइन ,
न्याय पाउने कुनै संविधान लेखेको छोइन ।
अहिंसालाई आत्मसात गरि चलिरहेछन ,
यो दनदनी आगोमा अबोधहरु जलिरहेछन।।
हिजो भगवान जन्मेको ठाउमा 
आज सैतानको राज हुदैछ,
बिस्तारै बिस्तारै अहंकारले सिर छुदैछ।
माया दया त किताबी ज्ञान भैसकेको छ,
विद्वान हु भन्दै हिड्नेको दिमाख गैसकेको छ।।
मिल्छ भनी फेरि
मत हरभरा बिहानी चाहान्छु,
अहिंसा र शान्तिको कहानी चाहान्छु।
आफ्नो पनमा फुलेको फुल हेर्न चाहान्छु,
लाजै बिना आमा बेची खानेहरुलाई फेर्न चाहान्छु।।
खोजे बुद्ध हामी मै छन ,
बस सन्सार बदल्ने हुनु पर्छ मन।
शान्ती चाहे पाइला पाइलामा मिल्न सक्छ,
तेसैले त भनिन्छ सुन्दर फुल हिलो मै फुल्न सक्छ।।
२५६४ औ बुद्ध जयन्तीको शुभकामना 

       कवियत्री : प्रतिमा अधिकारी

 

कोरोना भाइरसको जोखिमका कारण यस वर्षको बुद्धजयन्ती प्रार्थना र पूजापाठ गरी सीमित व्यक्तिहरुका बीचमा मनाइन रहिरहेको छ ।