के हो त प्रेस स्वतन्त्रता दिवस ?

सोम सानु

1 0


नेपालदृष्टि । आज विश्व प्रेस स्वतन्त्रता दिवस । विश्वभरमा प्रेस स्वतन्त्रता र पत्रकारहरुको सुरक्षा सुनिश्चित गर्न प्रत्येक वर्ष ३ मे मा यो दिवस मनाइन्छ । नेपालको संविधान २०७२ मा प्रत्येक नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता हुने उल्लेख छ । प्रेस स्वतन्त्रतालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सूचनाको हकसम्बन्धी ऐन २०६४ र नियमावली २०६५ समेत जारी भइसकेका छन् ।
 

सन् १९९३ को संयुक्त राष्ट्रसंघको महासभाले अनुमोदन गरेपछि मे ३ मा विश्व प्रेस स्वतन्त्रता दिवस मनाईदै आइएको हो ।“भय र पक्षधरतामुक्त पत्रकारिता” भन्ने यस वर्ष दिवसको नारा रहेको छ । 

 

विद्युतीय कारोबार ऐनअन्तर्गत पत्रकारलाई गिरफ्तार गर्ने घटनाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सङ्कुचनमा पार्ने काम धेरै भएको महासंघको ठहर छ । विश्वभर कोरोना भाइरस कोभिड १९ को महामारीले प्रेस स्वतन्त्रता दिवसको अवसरमा यो वर्ष औपचारिक कार्यक्रम आयोजना भएका छैनन् । नेपाल पत्रकार महासङ्घले राज्यबाट भएका प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा पत्रकार गिरफ्तारका घटना बढी देखिएको जनाएको छ ।

रिपोर्टरस् विथआउट बोर्डर ९आरएसएफ०ले जारी गरेको अध्ययन प्रतिवेदनमा अनुसार नेपालमा अघिल्लो वर्षको तुलनामा प्रेस स्वतन्त्रताको स्थिति निकै खस्किएको जनाएको छ । आरएसएफले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपाल प्रेस फ्रिडम इन्डेक्समा सन् २०१९ को तुलनामा ६ स्थानले तल खस्किदै ११२ औँ स्थानमा पुगेको छ ।