मोहराले प्रम ओलीलाई किन साँथ दिदैछन ? (विज्ञप्ति सहित)

1 0


नेपालदृष्टि । अहिले संसदीय दलमा ओलीको पक्षमा बहुमत जुटाउनेगरि सांसदहरु भेला भएका छन् । मन्त्रीबाहेक ६२ जना सांसद भेला भैसकेका र प्रधानमन्त्री ओलीको पक्षमा आजै एक सय जना सांसद उभिने सांसद महेश बस्नेतले जानकारी गराएका छन ।
पार्टीभित्रैबाट ओलीको राजीनामा माग्ने तयारी भैरहेको अवस्थामा पूर्व सभामुख कृष्णबहादुर महराले प्रम ओलीलाई साथ दिएका छन् । पूर्व माओवादी केन्द्रका सांसदहरुले समेत ओलीलाई साथ दिने भएका कुरो अझ रोचक भएको छ ।  

“हामीले हस्ताक्षर चाहीँ गरेका छैनौं, तर सचिवालय बैठकमा हस्ताक्षरसहित प्रस्तुत हुन आफूहरुले प्रधानमन्त्री ओलीलाई सुझाव दिएको कुरा बस्नेतल बताएका छन । 

यसअघि लेखराज भट्टले आफू ओलीको पक्षमा उभिएको भन्दै प्रचण्डको साथ छोडेको स्पष्ट सन्देश दिईसकेका छन् । त्यस्तै, प्रचण्डका विश्वासपात्रका रुपमा चिनिएका पूर्वसभामुख महराले पनि उनको साथ छोडेको कुरा स्रोतले बताएको छ ।