मोरंगको रतुवामाई नगरपालिकाद्धारा राहत वितरण सुरु

प्रवेश बिष्ट

1 0


नेपालदृष्टि । कोरोना भाईरस नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनबाट प्रभावित ज्याला मजदुरी गरेर गुजरा चलाउँदै आएका अति विपन्न परिवारलाई मोरङको रतुवामाई नगरपालिकाले राहत वितरण सुरु गरेको छ । 

नगरका सबै वडाबाट राहतका लागि सिफारिस भएर आएका विपन्न परिवारलाई नगरपालिकाले सोमबारबाट राहत वितरण सुरु गरेको नगर प्रमुख रविन राईले जानकारी दिनुभयो । नगरप्रमुख राईका अनुसार नगरपनलिकाले सोमबार वडा नम्बर ३ का ५ सय २३ र मंगलबार वडा नम्बर २ का ६ सय ६ घरपरिवार राहत सामाग्री वितरण गरेको हो । 

 नगरपालिकाको सबै वडाहरुबाट ५ हजार १ सय ९६ परिवार लकडाउनबाट प्रभावित भएको तथ्याङ्क संकलन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराईले जानकारी दिनुभयो । 

नगरपालिकाले राहतका लागि वडाबाट सिफरिस भई आएका परिवारलाई १५ केजी चामल, एक किलो दाल, एक किलो नुन, एक लिटर तेल र एउटा  साबुनका दरले वितरण गरेको छ । लकडाउनबाट प्रभावित बनेकाहरुको दैनिकी सहज बनाउन नगरपालिकाले राहत वितरण गरेको प्रमुख राईले बताउनुभयो । 

सरकारले स्थानीय तहमार्फत लकडाउनबा प्रभावित ज्यालादारी मजदुर, विपन्न वर्गलगायत समस्यामा परेकालाई खाद्यान्न सामाग्री वितरण गरिरहेको छ । छ