हावाहुरीबाट ज्यान गुमाएको परिवारलाई १ लाख राहत

0 0



 सरकारले मंगलबार राति तराईका  धनुषा, महोतरी र सिरहा जिल्लामा परेको भिषण असिना पानीले पु¥र्याएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । बुधबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले तराईका सो जिल्लाहरुमा असिना पानीले पु¥याएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको हो । 

बैठकले प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएको परिवारलाई राहत स्वरुप १ लाख नगद र आवास निर्माणका लागि तत्काल २ बण्डल  जस्ता उपलब्ध गराउने निर्णय पनि गरिएको सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए 
त्यसैगरी सरकारले गत असार, साउनमा बाढि र डुवानमा परेकाहरुलाई राहत दिन १ अरब रकम निकासा पनि गरेको छ । प्रधानमन्त्री राहत कोषबाट गृह मन्त्रालयमा सो रकम निकासा गरी सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट पीडितलाई वितरण गर्ने व्यवस्था समेत गरिएको राज्यमन्त्री बास्कोटाले बताए ।
सरकारले ‘सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारिता कायम गर्नेसम्बन्धि नीतिगत मार्गदर्शन, २०७५’ लाई पनि स्विकृत गरेको छ । विकास, निर्माणको काममा बजेट बढाउन र उनुत्पादक क्षेत्रको खर्च कटौति गर्ने उद्देश्यका साथ यो मार्गदर्शन ल्याउनु परेको पनि राज्यमन्त्री बास्कोटाले स्पष्ट पारेको कुरा रातोपाटीले लेखेको छ ।