“रातो गुलाफ” म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

0 0


नेपालदृष्टि । गायक टंक बुढाथोकी तथा गायिका कविता सिवाकोटीद्धारा गायिएको “रातो गुलाफ” बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।  

         गायन क्षेत्रकी चर्चित तथा लोकप्रिय  गायिका हुन कविता सिवाकोटी । आधुनिक गीत, लोक गीत, भजन स्तुती एवम् तिजका गीत गरी दर्जनौ गाीतहरु गायिसकेकी सिवाकोटी नेपाली गायन क्षेत्रकी स्थापित गायिका हुन ।
      ‘सिम्पल डिम्पल’ भन्ने बोलको अति लोकप्रिय गीतबाट सिवाकोटीलाई सांगीति यात्रा तयको शिखरमा पुह्याएको हो । युवा श्रोता तथा दर्शकहरुबीच अतिनै लोकप्रिय युवा गायिका कविता सिवाकोटीको रातो गुलाफ नामक म्यूजिक भिडियो अहिले लोकप्रिय भएको देखिएको छ ।
 
अहिले बजारमा निकै चर्चा पाएको रातो गुलाफ गीतका बारेमा गायिका कविता सिवाकोटीसँग केहि कुराकानी भएको थियो । प्रस्तुत छ त्यसको प्रत्यक्ष भिडियो ।

“रातो गुलाफ” बोलको म्यूजिक भिडियो