सूर्य ग्रहण खाली आँखाले हेर्दा आँखाको ज्याति बिग्रने सम्भावना

0 0


नेपालदृष्टि ।  भोलाी बिहान ८ बजेर ४३ मिनेटदेखि खण्डग्रास सूर्यग्रहण लाग्ने भएको छ । काठमाडौँमा बिहान ८ बजेर ४३ मिनेट, महेन्द्रनगरमा ८ बजेर ३८ मिनेट र भद्रपुर झापामा बिहान ८ बजेर ४८ मिनेटबाट सूर्यग्रहण लागेको देखिने छ ।

“नेपालबाट बिरल छायाँ र खण्डग्रास मात्र देखिने छ । बिरल छायाँ सूर्य ग्रहण लाग्दा सुरुमा परेको छायाँ हो र यसलाई सामान्य रूपमा देखिँदैन । सूर्यग्रहणलाई खाली आँखा, बाइनाकुलर वा टेलिस्कोप प्रयोग गरेर कदापि अवलोकन गर्नु हुँदैन । यसो गरेमा आँखा सदाका लागि बिग्रने सम्भावना रहन्छ ।

एक्स रे प्लेट, ध्वाँसो लगाएको ऐना तथा पानीमा समेत सूर्यको प्रतिविम्ब अवलोकन गर्नु हुँदैन । हिमाल आरोहणमा प्रयोग गरिने विशेष प्रकारको गाढा रङको धातु लेपन भएको चस्माबाट मात्र यसको अवलोकन गर्न सकिन्छ, साधारण चस्माबाट यसको अवलोकन गर्नु हुँदैन ।” बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिका निमित्त कार्यकारी निर्देशक डा। सनतकुमार शर्मा बताउँनु हुन्छ ।

काठमाडौँ र महेन्द्रनगरबाट ३९ प्रतिशत एवं भद्रपुर, झापाबाट ३६ प्रतिशत सूर्यग्रहण लाग्ने भएको छ  

सूर्य ग्रहण खग्रास, खण्डग्रास वा वलयाकारको हुन सक्छ । पृथ्वीको एक स्थानमा खग्रास सूर्यग्रहण लागेपछि साधारणतया उक्त स्थानमा पुनः ३७५ वर्षपछि मात्र लाग्छ ।
ज्यागिसका अनुसार सूर्यग्रहणको तीन दिन अघिदेखि तीन दिन पछिसम्म सुतक लाग्छ । कुनै राशिले पनि सूर्यग्रहण नाङ्गो आँखाले हेर्न नहुने र मेष, वृक्ष तथा मिथुन राशिलाई हानिकारक छ । त्यसपछि सिंह, कन्या, वृश्चिक, धनु, मक्करलाई पनि नराम्रो छ ।