किन समय अनुसार रंगेलीको बिकास हुन सकेन ?(भिडिया सहित)

1 0


नेपालदृष्टि । मोरङ जिल्लाको सदरमुकाम विराटनगरबाट करिव २५ किलोमिटर पूर्व दक्षिण क्षेत्रमा अवस्थित रंगेली नगरपालिकालाई नेपाल सरकारको मिति २०७१-०१-२५ गतेको निणर्यानुसार रंगेली ,आमगाछी र टकुवा समावेश गरी रंगेली नगरपालिकाको रुपमा घोषणा भई तत्पश्चात नेपाल सरकारको मिति २०७३-११-२७ को पुर्नसंरचनाको निर्णयानुसार साविक रंगेली ,आमगाछी ,बविया विर्ता र दर्बेशा गा।वि।सहरु समायोजन भई रंगेली नगरपालिकाको रुपमा कार्यान्वयन एक नगरपालिका हो ।मोरङ जिल्लाकै पुरानो सदरमुकामको रुपमा परिचिति रंगेली नगरपालिकाको पूर्वमा यसै जिल्लाको सोनवर्षी नगरपालिका, पश्चिम क्षेत्रमा धनपाल थान,कटहरी र ग्रामथान गाउँपालिका उत्तरमा कानेपोखरी गाउँ पालिका,बेलबारी नगरपालिका र दक्षिणमा धनपालथान गाउँपालिका र भारतीय बोर्डरसँग सीमाना जोडिएको छ भने यस नगरपालिकाको क्षेत्रफल भने १११.७८ वर्ग कि।मि ।रहेको छ ।

मोरङ जिल्लाको सदरमुकाम विराटनगरबाट करिव २५ किलोमिटर पूर्व दक्षिण क्षेत्रमा अवस्थित रंगेली नगरपालिकालाई नेपाल सरकारको मिति २०७१-०१-२५ गतेको निणर्यानुसार रंगेली ,आमगाछी र टकुवा समावेश गरी रंगेली नगरपालिकाको रुपमा घोषणा भई तत्पश्चात नेपाल सरकारको मिति २०७३र११र२७ को पुर्नसंरचनाको निर्णयानुसार साविक रंगेली ,आमगाछी ,बविया विर्ता र दर्बेशा गा।वि।सहरु समायोजन भई रंगेली नगरपालिकाको रुपमा कार्यान्वयन एक नगरपालिका हो ।

 

मोरङ जिल्लाकै पुरानो सदरमुकामको रुपमा परिचिति रंगेली नगरपालिकाको पूर्वमा यसै जिल्लाको सोनवर्षी नगरपालिका, पश्चिम क्षेत्रमा धनपाल थान,कटहरी र ग्रामथान गाउँपालिका उत्तरमा कानेपोखरी गाउँ पालिका,बेलबारी नगरपालिका र दक्षिणमा धनपालथान गाउँपालिका र भारतीय बोर्डरसँग सीमाना जोडिएको छ भने यस नगरपालिकाको क्षेत्रफल भने १११.७८ वर्ग कि।मि ।रहेको छ । समुन्द्री सतहबाट २६.६७ डिग्रि उत्तरी अक्षांश तथा ८७।६१ डिग्री पूर्वी देशान्तर भूभागमा यस नगर पालिका अवस्थित रहेको पाइन्छ ।यस नगरमा करिव ५२,०१३ जनसंख्या मध्ये ५१.९० प्रतिशत महिला र ४८.१० प्रतिशत पुरुष सहित ज्ञज्ञद्दद्धढ घरपरिवार रहेको पाइन्छ ।
 अधिकांश भू–भाग खेतियोग्य जमिन भएतापनि बढ्दो शहरीकरणले यस क्षेत्रको विकासमा व्यवस्थित योजना बनाई कार्य गर्नुपर्ने जरुरी भएको अवस्था छ ।  रंगेली बजार हुलाकी मार्ग९विराटनगर देखि आमवारी हुँदै गौरीगञ्ज झापा सम्म र कानेपोखरी देखि दर्बेशा बजार हुँदै रंगेलीको चोप्राहा देखि भारतीय बोर्डर सम्म भएबाट पनि यसको विकासको संभावना प्रचुर मात्रामा देख्न पाइन्छ ।
सनसारी माईथान ,काली मन्दिर , तिरुपति पार्क निर्माणमा नगरपालिका र स्थानीय स्तरमा भएको प्रयासले रंगेली नगरपालिले पर्यटन विकासमा बढी मात्रामा संभावना बोकेको देखिन्छ । - नेपाली विकिपीडिया

हेर्नुहोस भिडियो ।