उदीयमान गायिका दृश्या परियार के भन्छिन ?  (भिडियो सहित)

0 0


नेपालदृष्टि । हेर्दा सानी छन्, तर पाको गीत अर्थात् रतुवामाई नगरपालिकाको स्वागत गीत गाईन । अन्नपूर्ण इंगीस बोडिंग स्कूलकी नौ कक्षाकी छात्रा हुन यी नव उदीयमान गायिका दृश्या परियार । 
      बाबु कौलाश परियार र आमा ज्योति परियारकी छोरी, यी दृश्या मोरंग जिल्लाको रतुवामाई नगरपालिकाकी स्थायी बासिन्दा हुन । पढाईसँगसँगै गीत संगीतमा पनि उत्तिकै अब्बल राख्ने दृश्या राम्रो अवसर पाए सफल तथा स्थापित गायिकाकोरुपमा आफूलाई स्थापित गराउँन चाँहन्छिन ।
       धेरै साँथीहरु बनाएर गीत संगीतकाबारेमा परार्मश गर्ने र संगीतलाई कसरी निरन्तरता दिने भन्ने कुराप्रति उनको शौख छ । त्यसैले उनि फेशवुकमा पनि दृश्या परियारनै राख्न चाँएकी छन ।  धेरै सांगीतिक कार्यक्रमहरुमा भाग लिईसकेकी यी सानी उदियमान गायिकासँग यिनै गायन क्षेत्रका केहि कुराकानीहरु भएको थियो ।

प्रस्तुत छ नेपालदृष्टि च्यानलसँग भएको प्रत्यक्ष भिडियो बार्ता ।