
के हो सर्भर कम्प्युटर भनेको ?
1 0
नेपालदृष्टि । धेरै कम्प्युटर प्रयोग कर्ताहरु विश्वास गर्दछन की, सर्भर एक समान्य डेस्कटप कम्प्युटर भन्दा फरक छैन । तर यो गलत हो उनिहरु भ्रममा छन् । एउटा डेक्सटपमा न्यूनतम हार्डवेयर प्रयोग गरि operating system चलाउँन सक्ने वनाइएको हुन्छ । सर्भर र डेक्सटपमा प्रयोग भएका हार्डवेयर डिभाइसको डिजाइन फरक तरिकाले गरेको हुन्छ । जस्तो की Dslr camera र मोवाइलमा भएको क्यामराको megapixel भए पनि picture quality फरक परेको तपाईले देख्न सक्नुहुन्छ । सर्भर कम्पयुरले Networking को माध्यवाट धेरै भन्दा धेरै Clint हरुमा सजिलै Data transfer गर्न सक्ने क्षमता राख्दछ । सर्भर कम्प्युटर २४ सौ घण्टा काम गर्नुपर्ने भएकोले यसलाई विशेष प्रकारको डिजाइनमा वनाईएको हुन्छ । जस्तो की हामीले हाम्रो मोवाइल कतिवेला वन्द गर्छाै ? याद गर्नुहोस त तपाईको मोवाइल कहिले वन्द गर्नुभएको थियो, वा restart गर्नु भएको थियो ।
जव तपाईको मोवाइल लाई refreshment को आवश्यकता पर्दछ त्यसरी नै सर्भरको डिजाइन गरिएको हुन्छ । तर एउटा डेक्सटपलाई तपाईले २४ घण्टा खुल्ला राख्नु भयो भने त्यस भित्रका सम्पुर्ण हार्डवेयर डिभाइस धेरै तातेर काम गर्न नसक्ने अवस्था आई सकेको हुन्छ । यद्यपि एउटा डेक्सटप कम्पुयटर सर्भरको तुलनामा समान प्रोसेसर, रेम, हार्डडिक्स भएपनि यो सर्भर कम्प्युटर हुन सक्दैन । किनभने, यो डाटा दिन भन्दा लिन बढि सक्रिय वनाई डिजाइन गरिएको हुन्छ र यसमा server operating system राम्रो सँग चल्न सक्दैन । अहिले वजारमा विभिन्न व्राण्डका सर्भर उपलब्ध छन तर पनि यसलाई स्थानिय स्तरमा Assemble गरी विक्रि गरेको पाइन्छ । तसर्थ सर्भर खरिद गर्दा विभिन्न जानकारी लिएर मात्र खरिद गरे सर्भरले दिने service उपयोगी हुन्छ । नत्र हामीले सर्भरको नाममा सामान्य डेक्सटप खरिद गरिरहेका पनि हुन सक्छौ । त्यस कारण सर्भर खरिद गर्दा internet त मा त्यसमा प्रयोग भएका हर्डवेयर के के छन, कति पावरका छन हेरेर मात्र गरिद गर्नुपर्छ । कम्पनीले दिएको पावर भन्दा वढि रहेछ भनेर तपाईले कुनै सर्भर खरिद गर्नुभयो भने तपाई ठगिनु भयो ।

सर्भर कम्पुटर किन्दा ध्यान दिनु पर्ने कुरा हरु :
सामान्यतया tower casing रोज्ने casing ठुलो भएको धेरै वटा cooling fan भएको वा थप गर्न मिल्ने खालको भित्र खुल्ला हावा खेल्न सक्ने खालको छान्नुहोस । Processor : processor तपाईको वजेट अनुसारको रोज्नुहोस धेरै Clint भएमा धेरै पावरको र थोरै भएमा कम पावरको रोज्नुहोस । Memory : memory धेरै भएको रोज्नुहोस र भविष्यमा थप गर्न मिल्ने कयित भएको रोज्नुहोस Storage : कम्तिमा २ वटा storage भएको रोज्नुहोस जसमा Cloning system होस जसले गर्दा एउटामा राखिएको आर्काेमा आफै सर्दछ । जसले गर्दा तपाईको डाटा हराएर जादैन । एउटा खराव भएमा अर्काले त्यसमा भएका डाटा लिन सकिन्छ ।
पौडेल नेपालदृष्टि अनलाइन खबर पत्रिकाका स्तम्भकार हुन ।