सबै नेपालीमा हाम्रो तर्फबाट धेरै धेरै शुभकामना ! (टिकाको शुभ साइत १०.३५)

२०७६ अश्विन २०, सोमबार

1 0


नेपालदृष्टि । हाम्रा प्रिय पाठक, विज्ञापनदाता तथा शुभेच्छुक सबैमा नेपालदृष्टि अनलाईन पत्रिका परिवारको तर्फबाट बडादसैँ, २०७६ को हार्दिक मङ्गलमय शुभकामना ! 
सबै नेपालीको महान पर्व सम्भवतः बडादसैँ नै हो । धार्मिक र सांस्कृतिकरूपमा दसैँ नमनाउने नेपाली पनि सामाजिकरूपमा दसै मनाउँछन् । धार्मिकरूपमा दसैँलाई देवीको पूजा गरेर मनाउनेभन्दा शक्तिको पर्वका रूपमा अर्थात् सांस्कृतिक दृष्टिबाट दसैँ मनाउनेको संख्या भन्दा सामाजिकरूपमा दसैँ मनाउनेको संख्या ठूलो छ । सत्यको विजय, आशुरी शक्तिको पराजयको प्रतीक माने पनि नमाने पनि दसैँलाई जाति वा धर्म विशेषको पर्व भन्न मिल्दैन । यसैले बडादसैँलाई नेपालीहरूको साझा चाड भनिएको हो ।

विजयादशमीका दिन बिहान १० बजेर ३५ मिनेटमा टीका ग्रहणका लागि उत्तम रहेको छ । विजया दशमीको दिन देवी विसर्जन गर्ने साइत २१ गते बिहान ८ बजेर ४५ मिनेटका लागि निर्धारण गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ