बिसंगति रहित ” लाउछु साडी रातो .” तीजको गीत बजारमा

1 0


नेपालदृष्टि ।  पछिल्लो समय बजारमा तीज गीतको नाममा बजिरहेका गीतले तीजको मर्म बोल्दैनन् । जसका कारण संस्कृति र परम्परा अनुसार मनाइने तीजको मर्मस्पर्शीता लोप भएको छ । मनपरि तरिकाका छाडा तीज गीतले गर्दा तीजको वास्तविक मर्मलाई पछाडि धकेलोको पाईएको छ । तीज गीतका नाममा उच्छृङ्खल शब्द र दोहोरो अर्थ लाग्ने गीतहरूको बाढीले तीजको मौलिकतामा धेरैने आँच आएको देखिन्छ ।  यी यस्ता बिषयलाई मध्यनजर राखेर पृथक शैलिको म्यूजिक भिडियो बजारमा आएको छ । जसले तीजको वास्तविक मर्मलाई सकारात्मकरुपले प्रस्तुत गर्न सफल देखिएको छ, ” लाउछु साडी रातो कलरको” बोलको म्यूजिक भिडियो । 
ओठमा लाली आँखैमा गाजल
तिम्रो रुपले मै भए पागल,
यसपालिको तीजमा लगाउ साडी रातो कलरको
मेरी सानी यसैनि राम्री छिन,
चाँहिदैन मेकअप ब्यूटिपार्लरको ।

कलाकार कला राई र रमा चौधरी  

 कला मिडिया नेपालद्धारा प्रस्तुत उक्त म्यूजिक भिडियोमा युवा गायकद्धय सिमा राई तथा दिपक लामाको स्वर रहेको ” लाउछु साडी रातो कलरको” म्यूजिक भिडियोमा संगीतकार मनोज बिश्वर्कमाले संगीत दिएका छन । गीतको छाँयाकन तथा सम्पादन कार्य गरेकाछन छाँयाकार सुशिल डाँगीले भने हेमराज आश्रमको ऐरेन्ज रहेको छ । त्यस्तै प्रेम बनियाँको शब्द रचना रहेको उक्त म्यूजिक भिडियोमा सिर्जनले गीतको लय मिलाएका छन ।  

युवा निर्देक राजन महर्जनको निदेशनमा बनेको उक्त म्यूजिक भिडियोमा नृत्य निर्देशन दिलिप राईले गरेका छन शब्द,संगीत र छाँयाकन कम्पोजलाई राम्रो तवरले समिश्रण गरिएको छ । जसका कारण दर्शक,श्रोताहरुले पृथक स्वादको अनुभूति लिईरहेको पाईएको छ । 

कलाकार कला राई, गोविन्द लामा, प्रयास सुवेदी र रमा चौधरीको कुशल अभिनयले सो म्यूजिक भिडियो राम्रो बनेको छ । लाग्छ गीतले बिशुद्ध नयाँ आयमको सुरुवात गर्ने छ ।