“सारसङ्क्षेपमा पूर्वीय दर्शन”ले के भन्द्छ ?

सोम सानु

1 0


नेपालदृष्टि । पूर्वीय दर्शनभित्रको सबेै भन्दा महन्वपूर्ण पुस्तक हो वेद ।  वेद शब्दको अर्थ हो ज्ञान । ज्ञान भनेको उज्यालो । अज्ञात भनेको अन्धाकार हो । यसबाट कसरी छुट्कार पाउँने । त्यसैले वैदिक महर्षिहरु यहि ज्ञानको खोजीमा लागे । त्यहि खोजीनै हो “सारसङ्क्षेपमा पूर्वीय दर्शन” ।
“अहिले आएर पूर्बीय दर्शनले संसारलाई दुःखै दःखको पोखरी मानेको छ ।  भौतिक चिन्तनमा अडिएको बृहस्पतिवाद – चार्वाक दर्शन) बाहेक सबैले यहि निष्र्कर्ष निकालेका छन । यो दुःखबाट मुक्ति पाउँने कसरी ? यहि उपायको खोजीमा सबै सोचहरु लागेका छन । 
 वेदले ईश्वर देख्यो । संसाले सृष्टि, स्थिति र लयको अवतारनै भगवान हुन भन्ने  स्वीकार गर्यौ । उपनिषदले सबै जीवबारे  बुझयो । सबै प्राणीमा रहेको आत्म तत्वको अवतारबारेमा बुझेर आफ्नो सोच अगाडि साह्यो । यो संसारमा प्राणी जन्मन्छन, मर्छन । मृत्युपछि फेरी जन्मन्छन । त्यसरी नै संसारबाट बिदा हुन्छन ।

यसरी बारम्वार जन्मने मर्ने जस्तो भवचक्रबाट मुक्त हुने कसरी त ? त्यसैबारे  पछिल्ला दर्शनहरु राम्ररी छलफल गरेर निचोड निकालेका छन । साङ्ख्य,योग,बैशेषिक, मीमांसा,बेदान्त,बौद्ध, जैन यिनै हुन मुल दर्शनहरु ।

  यी सबैका मानव आत्माको मुक्तिको बारेमा बताईएको छ । मुक्तिको उपाय के के त ? कतै ज्ञानलाई मुक्तिको बाटो मानिएको छ । कतै ज्ञान र भक्ति दुबैको सहयोगबा मुक्ति मिल्ने कुरा बताईएको छ । यी सब कुरा बुझ्न भगीरथ प्रयास गरिएको छ । उनीहरुकै प्रसादका रुपमा प्राप्त निन्तनहरुलाई  पस्कने प्रयास गरेको छु ।” – लेखक विष्णी अधिकारी

“ पूर्वीय दर्शनले ठुलो क्षेत्र ओगटेको छ भन्नेकुरा हामीले  बिर्सिनु हुदैन । पूर्वीय दर्शन भन्नसाँथ हामी हिन्दू दर्शनलाई बुझ्ने र कुरो उठाउँने गर्दछौ । त्यसैले यो ब्यापक छ । सबै कुरा बुझ्नको लागि यो पुस्तक सबैको लागि आवश्य ठानिएको छ । 

प्रकाशक : रत्न पुस्तक भण्डार,काठमाडौं, नेपाल 
पुस्तक : “सारसङ्क्षेपमा पूर्वीय दर्शन”
पृष्ठ : १३५
मूल्य : रु.१९५