पूर्व राजाको बढेको चासोमा सत्तापक्ष सतर्क

1 0


२० साउन,नेपालदृष्टि । गत असारमा दुई हप्ता बैंकक बसेका पूर्व राजा ज्ञानेन्द्र शाहले मुलुकमा आफ्नो सक्रियता बढाएका छन् । पूर्व राजा साउनको अन्तिम हप्ता फेरी बैंकक जाँदैछन् । पूर्व राजाको विदेशको यस्तो चासो सहितको दौडधुपलाई लिएर सरकारमा रहेका सक्तपक्षहरु सतर्क भएका छन् ।
अहिले पूर्व राजाका लागि सरकारले छाडेको नागार्जुन दरबार पनि खोस्ने प्रचण्डको चेतावनीलाई अर्थपूर्ण मानिएको छ । राजाको सक्रियतालाई लिएर नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले यस्तो चेतावनी दिएको हुन सक्छ ।

गणतन्त्र ल्याउने मुख्य भूमिका खेलेका प्रचण्डले बेला बेलामा पूर्व राजाप्रति कडा अभिव्यक्ति दिने गरेका छन् । यसअघि नेकपा अध्यक्ष केपी शर्मा ओलीले पनि पूर्व राजाको सक्रियतालाई गम्भीरताका साथ लिएका थिए । उनले चेतवानीको शैलीमा सक्रियता नबढाउन भनेका पनि थिए ।

 

तस्वीर -सेतोपाटी

पूर्व राजाले विदेशमा राजनीतिक भेट समेत गरेको सूचना पाएपछि सत्तारुढ दलका शिर्ष नेताहरुले उनि माथि चेतावनी दिन थालेका हुन् । पूर्व राजाले बैंककमा राजनीतिक भेट गरेको विषय उठेको छ । शाहले गत वर्ष उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई पनि भेटेको कुरा निकै चासोको विषय बनेको थियो । 
नागार्जुनबाट पनि हटाउने उक्त चेतावनी प्रचण्डले रामेछाप पुगेर दिएका हुन् । नारायणहिटी दरबार छाडेपछि पूर्व राजा ज्ञानेन्द्र शाह नागार्जुन दरबारमा  बस्दै आएका छन ।