देशका सयौं राजमार्गका पुल पूर्णरुपमा जोखिमम

0 0


नेपालदृष्टि । सडक विभाग मातहतको पुल महाशाखाले पुलको खतराको अवस्था हेरेर वर्गिकरण गरि मर्मत कार्य सुरू गरिएको बताएको छ । झण्डै एक सयवटा पुलहरू तत्काल मर्मतसम्भार गर्नुपर्नेमा ढिलासुस्ती भएको पनि बताइएको छ।

नेपालको राजमार्ग र सहायक मार्गका पुलहरुमध्ये कतिपयका आयु सकिएका र बेलैमा मर्मत हुन नसकेकाले जोखिममा रहेको विज्ञले बताएका छन्।

देशभरिका २१ राजमार्गमा करिब २००६ वटा पुल संचालनमा रहेको विभागको तथ्याङ्क छ । पुल मर्मतका लागि छुट्ट्याइने सीमित बजेटका कारण बेलैमा सबै पुलहरु मर्मत गर्न नसकिएको विभागको भनाइ छ । जोखिममा रहेका भनिएका अधिकांश पुलहरू ५० वर्षअघि निर्मित छन् । खोलाबाट अव्यवस्थित रूपले ढुङ्गागिट्टी झिकिँदा कतिपय पुलहरू थप जोखिममा परेको बताइन्छ।