न्युजिल्यान्ड र भारतको प्रतिस्पर्धा हुने

0 0


३० जेठ, नेपालदृष्टि । आज विश्वकप क्रिकेटमा न्युजिल्यान्डले भारतसँग प्रतिस्पर्धा गर्दैछ । नेपाली समयअनुसार दिउँसो ३ बजेर १५ मिनेटमा इंग्ल्यान्डको ट्रेन्ट ब्रिजमा भारत र न्युजिल्यान्डबीचको खेल हुदैछ । 
 

यसअघि आफ्नो पहिलो खेलमा भारतले दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरेको थियो । त्यस्तै, आफ्नो दोस्रो खेलमा भारतले बलियो प्रतिद्वन्द्वी अष्ट्रेलियालाई ३६ रनले पराजित गरेको थियो ।

 
 
भारत टिममा विराट कोहली (कप्तान) रोहित शर्मा, युजभिन्द्र चाहाल, मेहन्द्रसिंह धोनी, केदार जाधव, कुलदीप यादव, मोहम्मद शामी, केएल राहुल, जस्प्रित बुमराह, शिखर धवन, रविन्द्र जडेजा, दिनेश कार्थिक, विजय शंकर, भुवनेश्वर कुमार र हार्दिक पाण्ड्या ।

त्यस्तै न्युजिल्यान्ड टिममा केन विलियम्सन (कप्तान), मार्टिन गुप्टिल, कोलिन मुन्रो, हेनरी निकोलस, रस टेलर, टम लाथम, टम ब्लन्डेल, जिम्मी निशाम, कोलिन डे ग्रान्डहोम, , माट हेनरी, लोकी फर्गुसन, इश सोधी मिचेल सान्टनर, टे«न्ट बोल्ट र टिम साउथी ।
 

भारतीय टोलीका सबैभन्दा अनुभवी खेलाडी हुन्, महेन्द्रसिंह धोनी। धोनी आक्रामक ब्याट्सम्यानसँगै विकेटकिपर पनि हुन्। धोनीसँग भारतीय टोलीलाई सफल कप्तानी गरिसकेको अनुभव पनि छ।

अन्तिम विश्वकप खेलिरहेका ३७ वर्षीय धोनीले भारतका लागि तीन सय ४३ एकदिवसीयको दुई सय ९१ पालीमा ५०।५३ को औसतले कुल १० हजार पाँच सय ६१ रन बनाएका छन्। एकदिवसीय क्रिकेटमा उनको उच्च स्कोर अविजित एक सय ८३ रन हो। एकदिवसीय क्रिकेटमा उनले १० शतक र ७१ वटा अर्धशतक बनाइसकेका छन्।