गरिव असायलाई सम्मान गर्दै घिमिरे कुलायन पूजा

सोम सानु

4 0


नेपालदृष्टि । “कुलदेवता” पूजा अथवा “देवाली पूजा” भनेको आफ्नो कुल देवतालाई खुसि बनाएर आफ्नो कुल र बंशजको रक्षा आभूतिका लागि गरिने संस्कार हो । कतै कतै कुल देवतालाई कुलायन पनि भनिन्छ ।
      जाति अनुसारको कुलको नाम फरक फरक हुने भएकाले कुलको पूजा गर्ने तरिका पनि फरक फरक हुन्छ । कुल देवता अथवा कुलाएन भन्नाले कुल अथवा वंशमा पूजा गरिने देवता हो । प्रत्येक वंशको आफ्नै कुल देवता हुन्छ । प्राय हिन्दू, बौद्धका साथै अन्य धर्महरूका अनुयायीहरूले पनि कुलायनको पूजा गरेको पाइन्छ ।
   

जेष्ठ नागरिक मातातर्फ बिष्णु लक्ष्मी घिमिरे,गरिव असायतर्फ   तुलसीप्रसाद कट्टेल, श्रीमती ललिता कट्टेल (बाँस्तोला) र जेष्ठ नागरिक पितातर्फ टिकाराम घिमिरे /   (तस्वीरहरु नेपालदृष्टि डटकम)

    यसैक्रममा, बैशाख शुक्ल पूर्णिमामा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले बुद्धलाई पूजा गरी बुद्ध जयन्ती मनाइएको उक्त पवन अवसरमा मोरङको रतुवामाई नगरपालिकाका समस्त घिमिरे वन्धुहरुद्धारा भब्यताकासाँथ (गोठ धुप) “कुल पूजा” मनाईयो । यस पालिको उक्त कुलपूजा साविकझै नभएर अलिक पृथकरुपमा मनाईयो ।

        घिमिरे बन्धु समाजको आयोजमा अपाङ्ग तथा गरिव असायलाई बस्र र केहि नगदले सम्मान गरिनुको साँथै घिमिरे बन्धु समाजका जेष्ठ सदश्यलाई पनि स–सम्मान कार्यक्रमको आयोजना गरियो । उक्त आयोजनामा अपाङ्ग तथा गरिव असायतर्फ श्रीमती ललिता कट्टेल (बाँस्तोला) र उनकै भाई तुलसीप्रसाद कट्टेललाई सम्मान गरियो । त्यस्तै जेष्ठ नागरिकमा टिकाराम घिमिरे तथा बिष्णु लक्ष्मी घिमिरेलाई पनि स–सम्मान गरियो ।

 

                                               घिमिरे बन्धु समाजका सचिव लक्ष्मीशरण घिमिरे          

          “कतिपयले कुलपूजा गर्दा बलि दिएर पूजा गर्ने चलन पनि छ । त्यसरी पूजा गर्दा पशुलाई मोक्ष मिल्छ भन्ने जनबिश्वास रहेको पनि छ । तर हिन्दूधर्मको पवित्र धार्मीक ग्रन्थ गिता र श्रुतीमा हिंसा गर्नु महापातक हुने कुरा भनिएकोले कुलायन पूजा गर्दा दुध, खिर, फलफूलको भोग लगायर पूजा गर्नु पर्छ भनिएको छ । जसका कारण अहिंशा परो धर्म को मार्ग तिर मानव समूदायलाई उन्मुख गराउँछ । कुलायन पूजामा गरिव दुःखी,असाय र अपांगहरुलाई सेवामुलक कार्यक्रम समावेश गराएर  मानविय धर्मको उद्धगार गर्न खोजेको कुरा घिमिरे बन्धु समाजका सचिव लक्ष्मीशरण घिमिरेले बताँए । 
   

         

                          घिमिरे बन्धु समाजका अधक्ष्य पर्शुराम घिमिरे   
      ”धर्म, पूजामा मात्रै अडिएको छ आज पनि मानव स्वभावको बिचार । पूजा सँगसँगै केहि परोउपकारको कामलाई पनि त धर्मको संज्ञा दिन सकिन्छ । यस्तै बार्षिकरुपमा गरिने कुल पूजामा पनि केहि परोउपकारको कार्यक्रम राखेकेमा राम्रो र पृथक किशिमको सरुवात हुन्थ्यो कि ? भन्ने मेरो सोच थियो । यसमा सबैको बिचार र सल्लाह मिल्यो । त्यसैले सानो भएता पनि सुरुवात गेरेका हौ । यसका लागि बेग्लै कोषको स्थापना पनि गरिसकेका छौ । यसमा सबैको सल्लाह र सहयोग भयो भने पक्कै पनि यसलाई बिस्तार गर्दै लानेछौं ।” स–सम्मान कार्यक्रमको बारेमा बताउँछन घिमिरे बन्धु समाजका अधक्ष्य पर्शुराम घिमिरे ।

                       घिमिरे बन्धु समाजका सदश्य तथा प्रस्तोता चन्द्र घिमिरेले  

जीवनमा तल माथि, असल खराब जे भएता पनि ती सारा कुराहरुका बाबजुद मानिसले आफ्नो जीवनमा सुख र शान्तिको अनुभुति गर्न चाँहन्छ । चाहे त्यो मोठमन्दिरमा गएर पूजा गरेर होस, चाँहे कसैलाई दान तथा सेवा गरेर होस । त्यसैले धर्म गर्ने बाटा र बिचारहरु प्रसस्तै छन । तर कसरी र कहाँ गर्ने भन्ने हामीमा दुविधानै छ । त्यसैले आगमी हाम्रो कुलायन पूजामा यहि स-सम्मान कार्यक्रमलाई निरन्तरता दिएर यो दुविधालाई टुंग्याँछौ । यसमा आगमी दिनमा पनि हामी सबैको सहयोग र सल्लाहको अपेक्षा आवश्यक रहेको कुरा बताँए घिमिरे बन्धु समाजका सदश्य तथा प्रस्तोता चन्द्र घिमिरेले ।