क्रन्दनपूर्ण सुहागरात

3 0


नेपालदृष्टि । विवाहको पहिलो रात अर्थात सुहागरात। दिनभरिको वैवाहिक समारोहबाट क्लान्त भएको शरिरलाई अस्वभाविक निद्रामा पल्टाइएको रात। कुकुरहरू पनि भुक्दा भुक्दै भुक्न छाडेर अल्पस शयन गरेको रात। चराचुरुगिं पनि हाँगा-हुँगीमा, गुँड टोड्कामा दिनभरिको आफ्नो थकानलाई मेट्दै गरेको रात। पशु-चौपाया सधैझैँ गोठगोठमा बसी-बसी निद्रामै ओक्राउँदै गरेको रात। त्यो निर्जन र चकमन्न रात। निमेशभरकै बेहोसीबाट होसमा आउनेबित्तिकै मनमायाको तल्लो पेट बेजोडले हुडलिन्छ। अटुट दुख्न थाल्छ उसको पेट अशैय भएर। यही मौकामा मनमाया रमेशलाई अलंग्य आन्नादमा अहनिर्शि पहिलो कामबासनाबाट तृप्त भएकै बखत सुकमोल र सुवासयुक्त बिछ्यौना छाडेर निस्कन्छे सुहागकक्ष बाहिर।
मनमायाले आफ्नो मनको आकाशगंगाजस्तै बाहिरको परित वातावरण तमिस्त्रीपूर्ण देख्छे। अँध्यारो बगरल्ल छरिएर झ्याल, ढोका, भर्याङ, झस्केलो, आगन, बाटो सबै पुरिएको देख्छे। गहिरो घाखत लागेर खुट्टो खोच्याउँदै हिड्ने कुनै पशु चौपायजस्तै ऊ मध्ये रातमा अविश्रान्त नभईकन कामयावी हुन चाहन्छे। तर के यो एकै रातमा संभव छ र ?  मनमाया त्तक्षणको थड़थिलो अवस्थाबाट मुक्त हुनुभन्दा पनि एकै रात दोस्रो, तेस्रो, चौथो हुँदै जाने आवृत भयांकर सम्भोगबाट भयभित छे। यदि मनमायालाई त्यस रातबाट मोचन मिल्यो भने उसको त्यस रातको सफलता जीवनभरिकै कठिन र चुनौतीपूर्ण कार्यमा पाएको सफलताजस्तै लाग्नेछ।

पतिको जहडि कामन्धबाट मोचन पाऊन उसले पथ्य समय आजै, अहिल्यै, यही मध्ये रात ठहर्याएकी छे। रमेशको शरिरले झन मात्तिएर बेहोसी पारामा स्पर्श गर्नुभन्दा पहिल्यै ऊ अनेक ताडन सहेर ऊठेकी छे उसैको आँखा छलेझै गरेर। तर यो त मनमायालाई लागेको जीवनकै फरक तर प्रथम डर न हो।

अन्धकारमा निष्प्रभ बनी पाहिला चाल्दै गर्दा ऊनको मनमा काकतालीय एक स्त्री वाणी गुञ्जिनछ,मनमाया सबै निम्तालु वा समारोहमा आमन्त्रित गुन्डकहरुलाई सुतिरहेकै अवस्थामा आँखा छलेर सुईकुच्चा ठोक। यस्तो अलङ्य आर्तबाट मुक्ति हुन जोगामेसो पहिल्याईहाल त। वास्तवमा ऊ रमेशको फुकाफाल बिसम्भारबाट अमलेख मिलोस भन्दै छटपटाउँदै फाकटमा पुगि बिलिन हुन चाहन्छे।
मध्यरातमा टल्किने किञ्चित असरल्ल छरिएका स्वेद चिज वा बस्तुहरुले उसको गन्तव्यलाई थोरै भएपनि कान्ति दिन्छन। तर नयाँ घरमा त्तक्षण कहाँ सजिलो हुन्छ र उसलाई त्यहाबाट भाग्नरुचकमन्न कोठाचोठामा बिस्तारै ऊ अन्तरचक्षु लगाउँदै, थरथर कामेका हातले अन्दाजमा पर्खाल छाम्दै ऊ भ्र्याड़मा पुग्छे। त्यस्तो तमोमय रातमा मनमायाको चर्तिकला देखेर रमेश अचम्मित मात्र हुदैन। ऊ नव विवाहितपत्निको खोजपूर्ण आत्मखेवार देखेर गमक्क पनि पर्छ। रमेशले हत्तपत्त भनिहाल्छ,सोधेको भए त भैहाल्थ्यो नि।
ऊ नजिकै पुगेर उसलाई शौचालय देखाउँछ। माया झस्किन्छे उसलाई देखेर। ऊ मध्यरातमा तर्सिन्छे उसको हातले फेरि आफ्नो थर्थराऊदो कायलाई समाएको देखेर। रमेशले शरिरको कम्पन थाहा पाउँछ कि भन्दै ऊ डराउँछे एकछिन। उसले रमेशको दायाँ हात उसको अंगालोबाट फुत्त झारिदिन्छे। फेरि मनमाया प्रतिकथन नगरी ऊभिन्छे। रमेशले उसलाई हातले डोहोर्याउँदै शौचालय पुर्याउँछ र बत्ती बाल्छ। मनमाया उपरत मुहारकासाथ अपृच्छक बनी शौचालयभित्र पस्छे।
त्यस रात रमेशको भयांकर इसिप्ततालाई मनमायाको शारिरिक उत्तापले खलल पुर्याउँछ। खलल त के भन्नु रमेश पनि त नवपत्निसँग सुहागरातमा काहा स्थुल भएर बस्न सक्छ र ? उसले चालेको पाहिला हर परपुरुषले आफ्नी अंगनालाई गर्ने फुकाफाल कार्यजस्तै न हो।सँगै जिउने रसँगै मर्ने कसम खाएको सम्झदै उसलेपत्निलाई पछ्याएको न हो मध्ये रातमा। उसलाई पनि निद्रा लागेको त हुँदै हुदैन नव श्रीमतीको क्रन्दन देखेर। उसको अनाविष्ट अकामन्ध शैली देखेर। उसको भयावयता र बेफिक्रिता देखेर। अनाकर्षणता देखेर।
रमेश उत्तेजित हुँदै मध्यरातमा मनमायाको ब्यग्र पर्खाइमा छटपटाइरहन्छ। ऊ उभिएर यता र उता गर्छ, गरिरहन्छ। रमेशको पहिलो गमन अर्धतृप्तिमा त्यतिकै सकिन्छ। मनमायाको चिच्याहटले रमेशभित्र पनि आतेश जाग्छ। यद्दपि सुहागरात भएकाले ऊ पछि हट्न मनै गर्दनै। नवपत्निको आगमनलाई अटुट कुरिरहन्छ ऊ अँध्यारो प्रणयकक्षमा। पहिलो चोटि त मनमायाको नाउम्मेद देखेर ऊ सम्हालिन्छ। तर अब त्यो दुरान मनमायाले निपीडन नगरोस् भन्ने चाहन्छ। मधुपवनमा प्लावित भई उभय अमरपुर पुगौ भन्ने चाहन्छ। सुहागरातमा हर पुरुषले नव प्रणयिनीसँग गर्न सक्ने जुनसुकै काम इसिप्त गरे झैं ऊ पनि निकै आतुश छ।

दुई वसन्त आधा उमेर काट्दा पनि उसको कुनै नरनारीसँग सम्बन्ध नगाँसिनुमा ऊ छक्का पञ्जा गर्न नजान्ने एक सरल र शिष्ट केटो भएको बुझिन्छ। त्यही भएर पनि ऊभित्र कामन्ध शैली अस्मेल हुन्डरी बनेर आउँछ। तर यो कुरा मनमायालाई कसरी थाहा होस ।

मनमाया धेरै दहकस मान्दै ओछ्यान चढ्छे पुच्छारबाट। ऊ आफ्नो पतिलाई छोइएलाझै गेरेर लुसुक्क चढ्छे ओछ्यान पनि। ऊ भयभित भएकी छे। ऊ आक्रान्त भएकी छे रमेशको आवृत झम्टाइबाट। मध्यरातसम्म अर्थात रातको एक बजेसम्म मनमायाका आँखा अटुट टोलाइरहेकै छन। उसले रमेशलाई नियालेर हेर्छे। मनमाया पति निदाओस् भन्ने चाहन्छे। तर पतिलाई ओछ्यानमा चलायमान भइरहेको पाउँछे। उसले आफ्नो शरिरलाई ओछ्यानमा फ्यालिदिन्छे पहिलेकोभन्दा होसियार बनेर। निकै शिथिल र मरेको जस्तै हुन्छ उसलाई ओछ्यानमा लमतन्न हुदा। किशोरावस्था टेकेपछि मनमाया कुनै परपुरुषसँग सुतेको यो पहिलो चोटि हो। मनमाया सुत्ने बित्तिकै रमेश छटपट छटपट गर्न शुरु गर्छ। एक्कासि रमेशको आविष्ट परिणाम उसको स्थुल हाततिर देखिन्छ। उसले आफ्नो दाया हात सुस्तरि मनमायाको नितम्भमा पुर्याउँछ। मनमाया रमेशको हात बेजोडले झट्कार्छे। मनमाया नराम्रोसँग तर्सिन्छे पनि। ऊभित्र झन त्रासले पिड़ खेल्न थाल्छ। रमेशको लिंडेढिपीले उसलाई पलापला जिउँदो बनाइरहन्छ। यस्तो असहनशील र असीमित दुखाइमा मनमायाले छदम गर्दै बरु भनोस् न नवपतिलाई,हजुर मलाई रजस्वला भर्खर भएको छ। फेरि सार्है लजालु मनमायाले कसरी मिथ्या बोलोस र त्यस्तो लज्जास्पद कुरो प्रथम चोटी नव पतिलाई ? मनमायाको मनले छदमबेश गर्न पट्क्कै मान्दैन।
रमेश त्यसपछि मात्रै चखमा पर्छ। ऊ मनमायाको नकार्यताले फजित हुँदै भन्छ,मनमाया तिमी लाज नमान। म पति हुँ तिम्रो।
रमेशको अबिरल आग्रह उसले सुनिरहेकै हुन्छे। तर तल्लो पेट दुखेर ऊ फेरि फतक्कै हुन्छे। उसले प्रतिउत्तर पनि दिन नसक्ने गरी निर्वाकताको स्थितिमा गुज्रिरहेकी हुन्छे। अँध्यारो कोठामा यदि कुनै आलोक हुनथ्यो त रमेशले उसको अमर्षि मुहार हेरेरै पत्ता लगाउँथ्यो कि मनमाया फिराद गरिरहेकी छे। उसलाई ठुलो आर्तले थिचेको छ। वा मनमाया सामान्य अवस्थामा छदै छैन।

मनमायाको अटुट जिउँदोपन र रमेशको ताकछोपले रातको तीन बजिसकेको हुन्छ। यसबीचमा मनमायाले ठुलो तकलिफ सहनुपर्यो। रमेश फेरि जोड गर्छ,मनमाया, ए मनमाया, आज हाम्रो सुहागरात पो त।

                                          कथाकार बिमल सिटौला
ऊ बिस्तारै उसका हात उसको बदनतिर पुर्याउँछ। तर रमेशलाई उसका हातले उसको त्यो तुगंस्तन स्पर्श गर्न निकै कठिन पर्छ। मनमायाले आफ्नो शरिरलाई एक बर्कोले बेरिसकेकी हुन्छे। त्यसपछि माथि मुख्य ओड्ने हुन्छ जुन रमेशसम्म ढाकिएको हुन्छ आफू निश्चिन्त भई निदाऊनु अगाबै। तथापि ऊ मात्तिएर पत्र पत्र बर्को पन्छाउने चेष्टा गर्छ। जब रमेशभित्रको चाहना सम्हाल्न नसक्ने अवस्था हुँदै कामकलोलको शुरुवाति अवस्थामा पुग्छ। मनमाया निद्राबाट झसँग ब्युझिन्छे। उसले आफ्नो श्रीमानलाई आफूमाथि कामक्रीडाको तरखरमा देख्छे। बल्ल बल्ल गलेर शिथिल भएको ऊनको शरिरले त्यो समय एक झमक बेहोसी पारामा निदाऊन मात्र पाएको के थियो श्रीमानको कामवानले उसलाई ब्यूँझाइहाल्छ। काममोहित श्रीमानलाई उसले आत्तिदै बल्ल भनिदिन्छे,हजुर आज गार्हो भएको छ।
रमेश फगत एक औल पछि सरेजस्तो मात्र गर्छ मनमायाको निद्राबाट ब्यूँझिएलगतै गर्ने निद्रालु उच्छवासले। मनमायाको लामो समयपछिको निनाधिले रमेश रतिक्रीडाले आक्रान्त भएर स्नेहरुपी बाणी पस्कन्छ। तिमीलाई ब्रिडाले छोपेको हो र ? नलजाऊ न यसरी, कामतुर हुँदै फेरि कानैमा मुख टसाएर थप्छ। तिमी त मेरो पत्नी भैसकेको छौ हिजोबाट।
रमेश फेरि मातिन्छ मनमायाको मौनताले। मनमायाको शल्लकभित्र असह्य दुखाइको क्लेद छ भने बाहिर आफ्नो नासमझ पतिको अस्खलित स्थिति। मनमायालाई यस्तो अगम असमन्जस स्थिति आउँछ कि ऊ पतिको जबरजस्त ईशताको ईलजाम थुपार्न पनि सक्दिन। रमेशको गौरांगी रमणिको मौनता र निर्भिकताको स्थितिले झन उसको निबिड चाला चुलिदै जान्छ र यो चालले मनमाया शायद मरेजस्तै हुन्छे। त्तपश्चात ऊ आफूलाई एकदम निफर र कान्तिहिनताको स्थितिमा पुगेको महसुस गर्न थाल्छे। उसले आफूलाई अस्पतालको शैय्यामा रोगसँग पौठेजोरी गर्दै छटपटाइरहेको स्थितिमा भएजस्तै पाउँछे। आफूलाई उत्खण्डित भएको पाउँछे। आफ्नो सौम्य हृदय कुमारीत्वलाई स्कन्दित भएको पाऊँछे। ऊ अपरिम्य दुखाइ र बर्चोटले आँशुका ढिक्काहरू खसाऊन थाल्छे। यतिखेरै बाँस-झ्याङमा चराचुरुंगी चाईं(चाईं चुईं-चुईं गर्छन। भालेहरुले पहिलो डाक छोड्छन। कुकुरहरू शायद भुके भुके जस्तो पनि सुनिन्छन। मनमाया गुमज उघार्दै क्षितिजतिर हेर्दै गहिरो उच्छवास लिन्छे र भन्छे,बल्ल बिहान भएछ।