अनैतिक क्रियाकलापमा संलग्न २८ पक्राउँ

0 0


नेपालदृष्टि । महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले गोङ्गबु, नयाँबसपार्क क्षेत्रका खाजाघर तथा रेष्टुरेन्टबाट अनैतिक क्रियाकलापमा संलग्न २८ व्यक्तिलाई पक्राउँ गरेको छ । पक्राउ पर्नेमा १५ पुरुष र १३ महिला छन् । 

     महानगरीय प्रहरी वृत्त महाराजञ्जका प्रमुख, प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईंले गोंगबु स्थानीयको गुनासोका आधारमा प्रहरीले छापा मार्दा अनैतिक क्रियाकलाप गरेको भेटिएको बताए 

बिजीमल नजिक सञ्चालित पूजा रेष्टुरेन्टका सञ्चालक सौगात क्षेत्रीले अनुगमनमा पुगेको प्रहरी टोलीलाई १८ हजार अफर गरेकोले उनलाई प्रहरीले नियन्त्रणमा लिएको कुरा प्रहरी उपरीक्षक प्रसाईंले बताएका छन । 
  महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख उत्तमराज सुवेदीका अनुरार, “प्रहरीले पछिल्लो समय देह व्यापार हुने क्षेत्रलाई लक्षित गरेर विशेष ‘अपरेसन’ सञ्चालन गरेको छ । गत हप्तामा मात्र अनैतिक क्रियाकलापमा संलग्न १२५ जनालाई पनि प्रहरीले पक्राउ गरिसकेको छ ।”