किन, प्रदेश सरकार नालायक सावित ?

रवीन्द्र श्रेष्ठ

1 0


नेपालदृष्टि । चालु आर्थिक वर्षको नौ महिनामा प्रदेश सरकारहरुको विकास खर्च अत्यन्त निराशाजनक देखिएको छ । प्रदेश सरकार संग पैसा र वजेट छ, तर त्यो पनि खर्च गरेर विकास गर्न नसक्नु प्रदेश सरकारको नालायकीपना हो ।

केन्द्रले कर्मचारी समय मै नपठाएको र कानून नवनेकोमा प्रदेशले केन्द्रलाई दोष दिएर पन्छिन कोशिस गरेको छ । तर केन्द्र सरकारले पनि नौ महिनामा विकास वजेटको ३५ प्रतिशत पनि खर्च गर्न सकेको छैन । यसवाट ओली सरकार र प्रदेश सरकारहरुको असक्षमता स्पष्ट हुन्छ ।

नौ महिनामा वजेटको करीव ६६ प्रतिशत खर्च गर्नु पर्ने हो । तर केवल १२ प्रतिशत देखि २५ प्रतिशत सम्म मात्र खर्च हुनु प्रदेश सरकारहरुको अयोग्यताको परिचायक हो ।

केन्द्रले कर्मचारी नपठाएको र कानून नवनाइदिएको भनेर प्रदेश सरकारका नेताहरु पन्छिन पाउँदैनन । केन्द्र सरकार संग प्रदेशहरु मिलेर किन समय मै कर्मचारी पठाउन दवाव दिन सकेनन् भन्ने प्रश्नको उत्तर उनीहरु संग छैन ।

१ नम्वर प्रदेशले नौ महिनामा केवल १३ प्रतिशत विकास खर्च गर्न सक्यो । २ नम्वर प्रदेशले पनि केवल १३ प्रतिशत विकास खर्च गर्न सक्यो । ३ नम्वर प्रदेशले १७ प्रतिशत विकास खर्च गर्न सक्यो । ४ नम्वर प्रदेशले १५ प्रतिशत खर्च गर्न सक्यो । ५ नम्वर प्रदेशले २५ प्रतिशत खर्च गर्न सक्यो । ६ नम्वर प्रदेशले १२ प्रतिशत खर्च गर्न सक्यो । ७ नम्वर प्रदेशले १६ प्रतिशत खर्च गर्न सक्यो ।

कर्मचारी अभावले विकास खर्च नहुने तर्क सही हो भने केन्द्र सरकारमा कर्मचारी थुप्रीदापनि किन विकास वजेटको ३५ प्रतिशत पनि नौ महिनामा खर्च हुन सकेन रु यो प्रश्नको उत्तर नेकपाका नेताहरु रहेका प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरुले दिनु पर्दछ ।
कर्मचारी र कानून भएर पनि केन्द्र सरकारले विकास वजेट खर्च गर्न नसक्नुले प्रदेशका मुख्यमन्त्रीहरुले ओली सरकारलाइ असक्षम र नालायक भन्न किन सकेनन् रु केन्द्र संग सबै कुरा भएर पनि किन विकास खर्च लक्ष्य अनुसार आधा पनि गर्न सकेन ? यसको मुख्य कारण ओली सरकारको नालायकीपन र असक्षमता नै हो ।

प्रदेश सरकारहरुले यसपल्ट जे जस्तो कुतर्क गरेपनि जनताले प्रदेश सरकार, केन्द्र सरकार र स्थानिय सरकारहरुको वस्तुसत्य मुल्यांकन गरिरहेकै हुन्छ ।

केही समय पछि प्रदेश सरकारको औचित्य नै अनावश्यक देखिन थाल्नेछ । नेपाल जस्तो सानो देशको लागि प्रदेश सरकारको औचित्य नै रहेको देखिन्न । यो अनावश्यक खर्चको पासो मात्र सावित हुनेछ ।  -दृष्टि न्यूज