काम गर्न सकिदैन भने नेतिकताका आधारमा राजिनामा दिनु पर्छ (भिडियो बार्ता)

0 0


नेपालदृष्टि । काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफुलाई प्रत्यक्षरुपमा कुनै पनि अधिकार नदिएको र कार्यन्वयन भैसकेका काममा पनि बाधा, अड्चन दिदै आएको बिभिन्न आरोप उपमेयर हरिप्रभा खड्गीले मेयरप्रति लगाएकी छन । 
– उहाले आफ्नो विवेगले त्यस्तो काम गर्नु भएको होइन । खुलामञ्चमा डोजर लगाउने निर्देशन प्रधानमन्त्री केपी ओलीले नै दिएपछि मात्रै डोजर लगाइएको हो । मेयर शाक्यले आफैँले गरेजस्तो गरी जस लिन खोजेको मात्र हो । 
– मलाई महिला उपमेयर भएको नाताले होला उहाँले पन्साउन खोज्नु भएको छ । तर मैले मुलुक भरिका ४० प्रतिशत उपमेयर महिलाहरुको प्रतिनिधित्व गरिराखेकी छु । 
– कुनै कामको मिटिङमा मलाई खवरै छैन । त्यसैले होला हामी बिचमा राम्रो सम्वन्धनै छैन भने पनि हुन्छ । 
– मुखले चाहि बोल्ने, काम चाहि गर्न नखोज्ने । अनि आरोप जति म मा थुर्पान्ने ।
–अवैध सटरबारे अनुगमन गर्न र टुङ्गो लगाउन आफूलाई कुनै जिम्मेवारी नै नदिइएको ।
– प्रत्यक्षरुपमा कामको अधिकार नदिने । र कममै नगरेका आरोप लगाउँदै हिड्ने । यो करा उहाँको नैतिकताले दिन्छ ?
– उपमेयर मात्रै होइन । मेरो सपना भनेको राष्ट्पति सम्मको हो । मेयरले मलाई त्यसरी कमजोर नसोचे हुन्छ । यी यस्ता प्रसस्तै आरोप प्रत्यारोप छन मेयर बिद्यासुन्दर शाक्यसँग उपमेयर खड्गीको । बिस्तृत जानकारीको लागि हेर्नुहोस भिडियो । 
 

उक्त भिडिया ऋषि धमलले तयार पारेको  प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम “जनता जान्न चाहन्छन्” बाट लिईएको हो ।