सरकारले किन हामीलाई घात गरीराखेको छ ? (के छ, त प्रेस बिज्ञाप्तीमा ?)

1 0


नेपालदृष्टि । सरकारी चिकित्सक र सरकारबीचको आन्दोलनरत थप जटील बन्दै गएको छ । ७२ घण्टाभित्र माग पूरा नभए थप आन्दोलन गर्ने  भनेर नेपाल चिकित्सक संघले प्रेस बिज्ञाप्ती निकालेको छ ।  उता सरकारले कर्मचारी समायोजन प्रक्रिया तल माथि नगर्ने अडान लिएको छ ।  

   यता भने आन्दोलतरत चिकित्सकहरले  बाध्यात्मक परिस्थितीका कारण आन्दोलनमा उत्रिनुपरेको बताएका छन् ।

आफूहरुको आन्दोलनले कोही पनि विरामीको ज्यान नजाने प्रतिवद्धता पनि उनिहरुले व्यक्त गरिराखेका छन ।तर सरकारी अस्पतालहरुमा विरामीहरुले निकै सास्ती भोगिराखेका छन । 
   

नेपाली चिकित्सकहरु हेपिएको, पाखा लगाएको अवस्था रहेको, कर्मचारी समायोजनका नाममा सरकारले आफूहरुमाथि अन्याय गरेको र पछिल्लो समय त झन नीतिगत रुपमै आघात पु¥याइएको उनिहरुको गुनासो छ ।  सरकारले माग पूरा नगरी पेलेरै जान खोजेको अवस्थामा आफूहरु पनि पछि नहट्ने कुरामा उनिहरु अडिक रहेका छन, तर पनि सरकारले चाहेको खण्डमा वार्ता गर्न तयार रहेको आन्दोलित चिकित्सकहरुले बताए ।