आज भोलिनै सडकमा गिटी झारिने

2 0


नेपालदृष्टि । मोरङको रतुवामाइ नगरपालिकाले सडक पुननिर्माणकार्य सुरु गरको  लामो समय भइसक्दासम्म पनि काम पूरा नहुदाँ धुलोका कारण रोड आसपास क्षेत्रको सामान्य जनजीवन निकै कष्टकर बन्दै गइरहेको छ । 
       विकासको काम गर्दा कुन काम कति दिनमा सक्ने भन्ने कार्यविधि नवानाई गरिएको वाटो निर्माणले गर्दा आम नागरिकलाई सास्ति त छदै छ त्यस अलवा स्वास्थ्यमा समेत प्रतिकुल असर परेको देखिन्छ ।

फागुनको पहिलो हप्ता देखि निर्माकायको लागि वाटोमा थुपारिएको माटो माथि अनियन्त्रित रुपमा टिपरको कुदाइ र स्कूलका गाडीको आवत जावतले पनि सामान्य यात्रुलाई अतिनै असहज र कष्टकर बनेको छ ।  
         

                                                              तस्वीर- किरण पौडेल 

धुलाम्मे रहेका सडकका बारेमा रतुवामाई नगरपालिकाका वडा न. ८ का अध्यक्ष नन्दकुमार चापागाँई भन्नु हुन्छ,– “निर्धारित समयभन्दा निकै ढिला भएको हामीले महशुस गरेकै छौ ।  सडकखण्ड धुलाम्मे भएको मैले पनि महशुस गरेकै हो । यी बाटोमा म पनि आवत जावत गरेकै छु । तर पनि तत्कालै सबै कुराको जुटाइ समयमानै हुन नसकेको मात्र हो ।  अब यसको निराकरण तुरुन्तै हुदैछ । हामीले सम्वन्धित निकायसँग कुरा गरिसक्यौ ।  भोलि पर्सि देखिनै सडकमा गिटी भार्ने तयारीमा छौ । त्यस पछि अरु प्रोसेस पनि सँगसँगै हुने छ ।”